काठमाडौँ । नेपाली बजारमा आज बुधबार सुनको मूल्य घटेको छ ।
मंगलबार प्रतितोला दुई हजार चार सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला चार सय रूपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।
बुधबार चाँदीको मूल्य भने बढेको छ।
यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ४० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय २५ रूपैयाँमा कारोबार भएको थियो।