मङ्सिर १४ काठमाडौं – छिमेकी मुलुक चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने औपचारिक भ्रमणका लागि केहीबेरमा नेपाल आउंदै छन्।
भ्रमणका क्रममा उनले प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रधानमन्त्री तथा रक्षामन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
उच्चस्तरीय वार्तापछि फेङ्हो आज नै फर्किने कार्यक्रम रहेको छ।