logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

    बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

    539
    Shares
    बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौँ । बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी दिव्य श्रेष्ठ ललितपुरको जावलाखेलबाट पक्राउ परेका छन् । धनुषाको जनकपुर उपमहानगरपालिका–९का ३७ वर्षीय श्रेष्ठलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

    उच्च अदालत पाटनले अघिल्लो असार ३ गते निजलाई बैंकिङ कसूर मुद्दामा दुई महिना कैद, बिगो रु दुई करोड ५० लाख जरिवाना र क्षतिपूर्तिबापत पीडित राहतकोषमा रु १० लाख जम्मा गराउने ठहर गरेको थियो । फैसलालगत्तै उनी फरार भएका थिए ।

    प्रतिवादी श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर लगनखेल पठाइएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

    वैदेशिक रोजगारीमा ठगी गर्ने पक्राउ

    वैदेशिक रोजगारमा अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–१ का २९ वर्षीय मणिकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

    तामाङले अल्बानिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट नगद पाँच लाख तीन हजार नौ सय लिई सम्पर्कविहीन भएका थिए । पीडितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले उनलाई काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ दक्षिणढोकाबाट पक्राउ गरेको हो ।

    तामाङलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend