logo

२०८१ कार्तिक २९ बिहिबार

logo
  • बिहिबार, २९ कार्तिक २०८१
  • महिला सशक्तिकरणका अभियान बिस्तार गर्ने योजनामा छौँ : मन्त्री यादव

    महिला सशक्तिकरणका अभियान बिस्तार गर्ने योजनामा छौँ : मन्त्री यादव

    175
    Shares
    महिला सशक्तिकरणका अभियान बिस्तार गर्ने योजनामा छौँ : मन्त्री यादव

    काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले महिला सशक्तिकरणका अभियानलाई बिस्तार गर्ने योजनामा सरकार रहेको बताएका छन् । बुधबार वीरगञ्जमा आयोजित वीरगञ्ज महानगरपालिकाले १० हजार भन्दा बढी किशोरीहरुलाई आत्मारक्षाका लागि दिएको तालिमको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले वीरगञ्ज महानगरपालिकाले शुरु गरेको अभियान शुरुवात मात्रै भएको भन्दै अन्य जिल्लाहरुमा पनि किशोरीहरुका लागि आत्मरक्षाको कार्यक्रम अघि बढाउँदै लैजाने बताए ।

    उनले किशोरीहरुको सशक्तिकरणको लागि तालिम कार्यक्रमहरु सञ्चालन गर्न सरकारले अब ढिला नगर्ने बताए ।

    उनले भने, ‘यो कार्यक्रम केबल शुरुवात मात्रै हो । भविष्यमा अन्य जिल्लाहरुमा पनि यस्ता तालिम सञ्चालन गर्ने, महिला सशक्तिकरण अझ बिस्तार गर्ने सरकारको योजना रहेको छ ।

    किशोरीहरुको सशक्तिकरणको लागि तालिम कार्यक्रमहरु सञ्चालन गर्न हामी कटिवद्ध छौँ । यहाँबाट सिक्ने सीपबाट जीवनमा आत्मबल बढाउँछ, आत्मविश्वास बढाउँछ, शारीरिक र मानसिक रुपले बलियो बनाउँछ ।

    हिंसाजन्य गतिविधि भए प्रतिकार गर्न सिकाउँछ, महिला हिंसा सहन सकिँदैन, आत्मरक्षा गर्न सक्छन् भन्ने विश्वास दिलाउँछ ।’

    मन्त्री यादवले यस्ता तालिमहरुले जीवनमा आत्मबल, आत्मविश्वास बढाउने, शारीरिक र मानसिक रुपले बलियो बनाउने र हिंसाजन्य गतिविधि भए प्रतिकार गर्न सिकाउने बताए ।

    महानगरपालिकाले एकसाथ १० हजार भन्दा बढी किशोरीलाई आत्मरक्षाको तालिम दिएर विश्व रेकर्डसहित गिनिज बुकमा धेरै किशोरीलाई एक साथ तालिम दिएर महानगरको नाम लेखाउने तयारीअनुसार तालिम कार्यक्रम आयोजना गरिएको हो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend