logo

२०८१ पुष २५ बिहिबार

logo
  • बिहिबार, २५ पुष २०८१
  • नेकपा विवाद: के होला ओली प्रचण्डको अबको रणनीति ?

    नेकपा विवाद: के होला ओली प्रचण्डको अबको रणनीति ?

    3K
    Shares

    मङ्सिर १५ काठमाडौं – नेकपाका दुई अध्यक्षबीच आरोपरप्रत्यारोपसहित छुट्टाछुट्टै प्रस्ताव सचिवालयमा पेस भएपछि नेकपामा अब के होला ? विवादको छिनोफानो कसरी होला ? मंगलबारसम्म बैठक रोकेर अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल आआफ्नै तयारीमा जुटेका छन्।

    प्रधानमन्त्री ओली पक्षले अर्का अध्यक्ष दाहालको प्रस्तावलाई सचिवालयबाटै ढिसमिस कसरी बनाउने र त्यसलाई पार्टीका कुनै पनि कमिटीमा निर्णय प्रक्रियाबाट रोक्ने भन्ने रणनीति बनाउन छलफल थालेको छ। दाहाल पक्ष सचिवालयमा छलफल गर्दै दुवै प्रस्तावलाई कसरी स्थायी समिति र केन्द्रीय समितिमा लगी निर्णय प्रक्रियामा पुग्ने भन्नेमा केन्द्रित भएको छ।

    ओलीले शनिबार दाहालको प्रस्तावको जवाफ दिएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायत नेतासँग परामर्श गरेका थिए। ओलीको परामर्श आइतबार पनि उनै नेताहरूसँग जारी रह्यो। 

    दाहालले खुमलटारमा वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसँग सामूहिक र ऊर्जामन्त्रीसमेत रहेका स्थायी समिति सदस्य वर्षमान पुन, मात्रिका यादवलगायत नेतासँग भेट गरे। ओलीनिकट स्थायी समिति सदस्य पृथ्वीसुब्बा गुरुङ दाहालको ‘आरोपपत्र’को प्रत्युत्तर प्रधानमन्त्रीले दिएपछि अब यसलाई यहीँ अन्त्य गरेर महाधिवेशनमा केन्द्रित भएर जानुपर्ने अबको तयारी रहेको बताउँछन्। 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend