logo

२०८१ कार्तिक ३० शुक्रबार

logo
  • शुक्रबार, ३० कार्तिक २०८१
  • मुलुकको आर्थिक सुधार वर्तमान सरकारको प्राथमिकतामा पर्न सकेन : अध्यक्ष अग्रवाल

    मुलुकको आर्थिक सुधार वर्तमान सरकारको प्राथमिकतामा पर्न सकेन : अध्यक्ष अग्रवाल

    154
    Shares
    मुलुकको आर्थिक सुधार वर्तमान सरकारको प्राथमिकतामा पर्न सकेन : अध्यक्ष अग्रवाल

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले मुलुकको आर्थिक सुधार वर्तमान सरकारको प्राथमिकतामा अहिलेसम्म पर्न नसकेको गुनासो गरेका छन् ।

    औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको २८ औं वार्षिकात्सव कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले वर्तमान सरकार र अर्थमन्त्रीप्रति निजी क्षेत्रको ठूलो आशा भएपनि आशा गरे जस्तो काम हुन नसकेको गुनासो गरेका हुन् ।

    उनले सरकारले शिथिल र मन्दीबाट माथि उठाउने धेरै प्रतिवद्धता आएपनि अर्थतन्त्रलाई सुधार गर्नेको लागि प्राथमिकतामा पर्न नसकेको बताए । उनले विगतमा लगाएका नियन्त्रणमुखी नीतिहरु अहिले पनि सरकारले परिवर्तन गर्न नसकेको बताए । उनले अर्थतन्त्रमा देखिएका अफ्ठ्याराहरु सरकारको नीतिगत कारणले देखिएको दाबी गरे ।

    उनले मुलुकका आर्थिक स्रोतलाई सही रुपमा चलाउन सक्यो भने दक्षिण एशियाकै उच्च आम्दानी गर्ने मुलुक बन्ने सम्भावना रहेको बताए । उनले आर्थिक सुस्तता र मन्दीको अवस्थाबाट छिटो उन्मुक्ति पायौं भने मात्रै समग्र अर्थतन्त्रका स्टार्टअप र औधोगिक क्षेत्र सुधार हुने बताए ।

    उनले भने, ‘धेरै उद्योगी व्यवसायीहरु बैंकको कालोसूचीमा परेका छन् । विदेशमा बैंकले ऋण मात्रै दिँदैन । कन्सल्टेण्डको पनि काम गरिरहेको हुन्छ । नेपालमा पछिल्लो ३० वर्षमा १ लाख १० हजार बैंकको कालोसूचीमा परेको तथ्याङ्क छ भने पछिल्लो दुई वर्षमा ७५ हजार बढी कालो सूचीमा परेका छन् । बैंकमा सम्पती राखेर ऋण लिएको छ । यस्ता समस्याले अहिले अर्थतन्त्रमा मन्दी आयो ।

    घरजग्गाको मूल्य कम भएर गयो । शेयर मार्केट ग्रसित भएर गयो । बैंकको उच्च रुपमा ब्याजदर वृद्धि भएकाले पनि त्यो समयमा बैंकहरु कालोसूचीमा पर्न गए । उद्योगी व्यवसायीहरुलाई क्यापिटल फर्ममेसनको आवश्यकता छ । अहिले पनि सरकारले नीतिहरु परिवर्तन गरेको छैन । तीन वर्षको बीचमा लिएका संकुचित नीति परिवर्तन भएका छैनन् । अर्थतन्त्रमा देखिएका अफ्ठ्याराहरु सरकारको नीतिगत कारणले आएको हो । मुलुकका आर्थिक स्रोतलाई सही रुपमा चलाउन सक्यो भने दक्षिण एसियाकै उच्च आम्दानी गर्ने मुलुक बन्ने क्षमता छ ।

    वर्तमान सरकार आएपछि मुलुकको आर्थिक सुधार हुने आशा पलाएको थियो । सरकारको प्रतिवद्धता धेरै आयो । तर आर्थिक सुधार सरकारको प्राथमिकतामा पर्न सकेको छैन । आर्थिक सुस्तता र मन्दीको अवस्थाबाट छिटो उन्मुक्ति पायौं भने मात्रै समग्र अर्थतन्त्रका स्टार्टअप र औधोगिक क्षेत्र सुधार हुन्छ ।’

    उनले केही समय अघि उच्च रुपमा बैंकको ब्याजदर वृद्धि हुँदा व्यवसायीहरुले ऋण तिर्न नसक्दा धेरै उद्योगी व्यवसायीहरु बैंकको कालोसूचिमा परेको बताए । उनले नेपालमा पछिल्लो ३० वर्षमा १ लाख १० हजार र पछिल्लो दुई वर्षमा ७५ हजार बढी कालो सूचिमा परेको बताए । उनले निजी क्षेत्रको मनोबल कमजोर हुँदा पनि अर्थतन्त्रमा शिथिलता आएको बताए ।

    उनले अर्थतन्त्रमा शिथिलता आएसँगै पछिल्लो समय घरजग्गाको मूल्यमा गिरावट, शेयर मार्केटमा सुस्तता आएको बताए । उनले अहिले उद्योगी व्यवसायीहरुलाई क्यापिटल फर्ममेसनको आवश्यकता रहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend