logo

२०८१ कार्तिक ३० शुक्रबार

logo
  • शुक्रबार, ३० कार्तिक २०८१
  • ‘कान्छाराम कन्स्ट्रक्शन’को आवद्धता दुई वर्ष अगाडि नै छाडेको हो : ऊर्जाराज्यमन्त्री तामाङ

    ‘कान्छाराम कन्स्ट्रक्शन’को आवद्धता दुई वर्ष अगाडि नै छाडेको हो : ऊर्जाराज्यमन्त्री तामाङ

    441
    Shares
    ‘कान्छाराम कन्स्ट्रक्शन’को आवद्धता दुई वर्ष अगाडि नै छाडेको हो : ऊर्जाराज्यमन्त्री तामाङ

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले ‘कान्छाराम कन्स्ट्रक्शन’को आवद्धता दुई वर्ष अगाडि नै छाडेको बताएका छन् ।

    भ्रष्टाचार निवारण ऐन संशोधन सम्बन्धी राज्य व्यवस्था समितिमा शुक्रबार भएको छलफलमा महामन्त्री विश्वप्रकाश शर्माले रामेछाप कांग्रेसको सभापति समेत रहेका राज्यमन्त्री तामाङको कम्पनी कालोसूचीमा गएको विषयमा प्रश्न उठाएका थिए ।

    महामन्त्री शर्माले ऊर्जा राज्य मन्त्रीको कम्पनी कालोसूचीमा परेको कुरा आएको भन्दै राज्य मन्त्रीले स्पष्ट पार्नुपर्ने माग गरे । राज्यमन्त्री तामाङले महामन्त्री शर्माको प्रश्नको जवाफ दिँदै ‘कान्छाराम कन्स्ट्रक्शन’कम्पनीसँगको आवद्धता साढे दुई वर्ष अगाडि नै छाडेको स्पष्टिकरण दिए । उनले पार्टीले विश्वास गरेर पठाएर नै कानूनअनुसार राज्यमन्त्री भएको उल्लेख गरे ।

    उनले देशको कानूनले आवद्धता नभएको कम्पनी कालोसूचीमा पर्दा मन्त्री छाडेर पुरानै पेशमा फर्कनसक्ने बताए ।

    उनले भने, ‘कान्छाराम कन्स्टङक्सन प्रालिमा मैले दुई वर्षअघि सांसदको टिकट पाएपछि बाहिर निस्केर बसेको व्यक्ति हौं । म अहिले पार्टीले पठाएर अहिले सरकारको ऊर्जा राज्यमन्त्री छु । कानून भन्दा ठूलो केही छैन । कानूनले भन्छ भने एक मिनेटमा मन्त्रीबाट छाडेर पेशा र व्यवसाय र परिवारसँग काम गर्न तयारी छु ।

    पार्टीको महामन्त्री विश्वप्रकाश शर्माज्युले प्रश्न उठाउनु भयो । मेरो कम्पनी २०४४ साल माघ १९ मा दर्ता गरेको हो । साढे दुई वर्ष त्यो पेशा छाडेर बाहिर छु । २०७९को सांसदको टिकट पाउनु भन्दा पहिला कम्पनीबाट निस्केको छु । अहिले कानून नीति नियम र नेपालको संविधानले कम्पनीमा आवद्धता ठहर भयो भने राजनीतिबाट बाहिर जान तयार छु ।’

    उनले २०७९ को सांसदको टिकट पाउनु भन्दा पहिला कम्पनीबाट निस्केको बताए । उनले कानून, नीति नियम र नेपालको संविधानले कम्पनीमा आवद्धता ठहर भए राजनीतिबाट बाहिर जान तयार रहेको बताए । उनले समितिमा बोल्दै भ्रष्टाचार निवारण ऐनको संशोधनमा अख्तियारमा उजुरी दिन नागरिकताको फोटोकपी अनिवार्य गर्न माग समेत गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend