logo

२०८१ मंसिर १ शनिबार

logo
  • शनिबार, १ मंसिर २०८१
  • विवाहपञ्चमीका लागि जनकपुरबाट अयोध्या निम्तो पठाइयो

    विवाहपञ्चमीका लागि जनकपुरबाट अयोध्या निम्तो पठाइयो

    105
    Shares
    विवाहपञ्चमीका लागि जनकपुरबाट अयोध्या निम्तो पठाइयो

    जनकपुरधाम । विवाहपञ्चमी महोत्सवलाई लिएर जनकपुरधामबाट विश्व हिन्दुपरिषदका पदाधिकारीहरु तिलक र आमन्त्रण पत्रसहित अयोध्या प्रस्थान गरेका छन् ।

    भगवान सीतारामको विवाहलाइ लिएर ५ सयको संख्यामा तिलक र अयोध्याबाट आउने जन्तीका लागि आमन्त्रण पत्रसहित अयोध्याका लागि आज प्रस्थान गरेका हुन् । तिलक लिएर जाने टोलीलाई मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले विदाई गरे ।

    मुख्यमन्त्री सिंह मंसिर २ गते वीरगञ्जमा यही टोलीमा सहभागी भएर त्यहाँबाट तिलकसहित अयोध्या जाने कार्यक्रम रहेको छ । तिलक लिएर जाने समूह २ गते नै अयोध्या पुग्ने र ३ गते तिलकसहित जानकी मन्दिरको पत्र विश्व हिन्दु परिषद्का महासचिव राजेन्द्र सिंह पंकजको अगुवाईमा चम्पत रायलाई हस्तान्तरण गरिने बताइएको छ ।

    मधेस प्रदेशका मुख्यमन्त्री सिंहले तिलक उत्सव भव्यताका साथ सम्पन्न हुनेमा विश्वस्त रहेको बताए । प्रत्येक पाँच वर्षमा अयोध्याबाट जन्ती आउने र त्यसका लागि मधेस प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । त्रेता युगदेखि कायम सम्बन्धलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले धार्मिक पर्यटकका लागि पनि यो महत्वपूर्ण बन्ने बताए ।

    त्यस्तै जानकी मन्दिरका महन्त रामतपेश्वर दासले नेपाल र भारतबीचको प्राचिन सम्बन्ध रहेको र यो सम्बन्ध कहिल्यै कमजोर हुनु नहुने बताए ।

    विश्व हिन्दु परिषद् को सक्रियतामा विगत वर्ष झैँ यस वर्ष पनि सामुहिक विवाहको कार्यक्रम राखिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend