logo

२०८१ मंसिर २ आइतबार

logo
  • आइतबार, २ मंसिर २०८१
  • काठमाडौँबाट पनि रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौँबाट पनि रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

    1.9K
    Shares
    काठमाडौँबाट पनि रवि लामिछानेविरुद्ध  पक्राउ पुर्जी जारी

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।

    काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

    आइतबार लामिछानेसँगै पूर्व डीआईजी छबिलाल जोशीविरुद्ध पनि काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

    लामिछाने र जोशी अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend