logo

२०८१ मंसिर २ आइतबार

logo
  • आइतबार, २ मंसिर २०८१
  • एक्सको बिकल्प बन्दै सामाजिक सञ्जाल ब्लूस्काई, दैनिक १० लाख नयाँ प्रयोगकर्ता

    एक्सको बिकल्प बन्दै सामाजिक सञ्जाल ब्लूस्काई, दैनिक १० लाख नयाँ प्रयोगकर्ता

    700
    Shares
    एक्सको बिकल्प बन्दै सामाजिक सञ्जाल ब्लूस्काई, दैनिक १० लाख नयाँ प्रयोगकर्ता

    बीबीसी । अमेरिकमा अहिले नयाँ सामाजिक सञ्जाल ब्लूस्काईको चर्चा चुलिएको छ । यो संसारकै धनी इलोन मस्कको सामाजिक सञ्जाल एक्सको विकल्प मानिएको सामाजिक सञ्जाल हो। ट्विटरका पूर्वप्रमुख ज्याक डोर्सीले नै ब्लूस्काई बनाएका हुन्।

    पछिल्लो समयमा ब्लूस्काई समाजिक सञ्जालको प्रयोगकर्ता द्रुत गतिमा बढिरहेका छन् । प्रतिदिन १० लाख नयाँ प्रयोगकर्ताहरू थपिइरहेका छन्। ब्लूस्काईले आफूलाई खास हुनुपर्ने जस्तै सामाजिक सञ्जाल” भएको बताउँछ तर यो अरू सामाजिक सञ्जालहरू जस्तै नै देखिन्छ।

    हेर्दा यसको पेजमा बायाँतर्फ रहेको बारमा खोजी, नोटिफिकेशन्स र गृहपृष्ठजस्ता अपेक्षा गरेका सबै कुरा देखिन्छन्।

    यसको प्रयोग गरेर मानिसहरूले ‘पोस्ट, कमेन्ट र रिपोस्ट’ गर्नुका साथै आफूलाई राम्रो लागेका कुराहरूमा ‘लाइक’ गर्न पनि सक्छन्। ब्लूस्काई विकेन्द्रीकृत छ। त्यो भनेको यसका प्रयोगकर्ताहरूले आफ्नो विवरण कम्पनीको सर्भरमा नभई आफ्नै सर्भरमा सङ्ग्रह गर्न सक्छन्।

    यसको अर्थ मानिसहरूले ब्लूस्काईकै नाममा आफ्नो खाता नखोली प्रयोगकर्ताले चाहेको खण्डमा आफ्नै नामा पनि खाता खोल्न सक्छन्। तर अधिकांश मानिसहरूले यसो गर्दैनन् भन्दा अत्युक्ति हुँदैन। नयाँ प्रयोगकर्ताहरूको ‘यूजरनेम’ पछाडि हुन्छ।

    ज्याकले एक पटक ब्लूस्काईलाई यसलाई ट्विटरकै विकेन्द्रीकृत स्वरूप बनाउन चाहेको अनि एकै व्यक्ति वा संस्थाको मात्रै स्वामित्वमा सीमित गर्न नचाहेको बताएका थिए।

    तर यसपछाडि काम गरिरहेको टोलीमा अहिले उनी छैनन्। उनले सन् २०२४ मेमा यसको सञ्चालक समितिबाट राजीनामा दिएका थिए। उनले सेप्टेम्बरमा उनले यसमा रहेको आफ्नो खातासमेत हटाए।

    अहिले ब्लूस्काईका मुख्य मालिक र सञ्चालक यसका प्रमुख कार्यकारी जे ग्राबर हुन्। उनले यसलाई अमेरिकी सार्वजनिक लाभको संस्थानका रूपमा सञ्चालन गरेका छन्।

    लोकप्रियता आर्जन

    हुन त ब्लूस्काई सन् २०१९ देखि नै प्रयोगमा छ तर यस वर्षको फेब्रुअरीसम्म पनि अन्य प्रयोगकर्ताले तपाईँलाई निमन्त्रणा गरेपछि मात्र तपाईँ त्यसमा खाता खोल्न पाउने थे।

    अर्थात् आम सर्वसाधारणका लागि ढोका खोल्नुअघि नै यो एपका निर्माताले पर्दापछाडि देखिएका समस्याहरूको समाधान गरे र यसलाई स्थिर बनाउन विभिन्न परीक्षण गरे।

    उनीहरूको योजना एक हिसाबले सफल पनि भयो। तर नोभेम्बरमा आईपुग्दा नयाँ प्रयोगकर्ताको यसप्रतिको उत्साह यति उच्च भयो कि त्यसकै कारण यो बारम्बार नचल्ने भइराख्छ।

    यसै महिना भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनल्ड ट्रम्प विजयी भएसँगै ब्लूस्काईका प्रयोगकर्ता बढ्नु कुनै संयोग होइन। एक्सका मालिक इलोन मस्कले ट्रम्पको चुनावी अभियानमा बलियो साथ दिएका मात्र थिएनन्, उनी ट्रम्प प्रशासनमा पनि सशक्त रूपमा सामेल हुँदै छन्।

    यसकारण एक्स प्रयोगकर्ताहरूमा राजनीतिक विभाजन आयो र ट्रम्पको विरोधमा केही प्रयोगकर्ताले एक्स छाड्न थाले।

    ब्लूस्काई एप डाउन्लोड गर्नेहरूको सङ्ख्या संसारभर ह्वात्तै बढेको छ। गत बिहीवारको तथ्याङ्कअनुसार बेलायतमा एपलको एप स्टोरबाट डाउन्लोड गरिएका निःशुल्क एपहरूमध्ये यो सङ्ख्याका हिसाबले सबैभन्दा माथि थियो।

    पप गायक लिजो र टास्कमास्टरुका ग्रेग डेभिसलगायतका विभिन्न सेलब्रटीहरूले पनि ब्लूस्काईमा प्रवेश गर्ने र एक्सको प्रयोग कम वा बन्द गर्ने घोषणाा गरेका छन्। यो वृद्धि महत्त्वपूर्ण भए पनि यसले आफ्नो प्रतिस्पर्धी एक्सलाई वास्तवमै चुनौती दिन भने अझै केही समय लाग्न सक्छ।

    एक्सले आफ्ना कुल प्रयोगकर्ताको सङ्ख्या सार्वजनिक गरेको छैन तर यसका करोडौँ प्रयोगकर्ता रहेको बुझिएको छ। मस्कले विगतमा २५ करोड मानिसले दिनहुँ आफ्नो प्ल्याटफर्म चलाउने बताएका थिए।

    विभिन्न लगानीकर्ता तथा नयाँ कम्पनीमा लगानी गर्ने कम्पनीहरूको पैसामा ब्लूस्काई सुरु भएको हो। यसै माध्यमबाट यसले करोडौँ डलर कमाएको छ। तर एकदमै धेरै नयाँ प्रयोगकर्ता थपिएपछि यसमा थप लगानी आवश्यक हुने छ।

    ट्विटर लोकप्रिय रहेका बेला यसले विज्ञापनबाट नै अधिकांश पैसा कमाएको थियो। तर ब्लूस्काईले आफूले त्यसो गर्न नचाहेको बताएको छ। तर त्यसो गर्दा धेरै पैसा उठेन भने प्रविधि क्षेत्रका स्टार्टअपहरूका लागि त्यो नौलो भने हुने छैन्।

    सन् २०२२मा मस्कले किन्नुअघि ट्विटरले पनि सार्वजनिक कारोबार सुरु भएको आठ वर्षमा बल्ल नाफा दोबर बनाएको थियो। मस्कले ४४ अर्ब अमेरिकी डलर खर्च गरेपछि यो सकियो।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend