logo

२०८१ मंसिर ३ सोमबार

logo
  • सोमबार, ३ मंसिर २०८१
  • अंश झगडाले संकटमा पर्दै ज्योति दाजुभाई : नेपाल बैंकले लिलाम गर्दै रुपको सम्पत्ति

    अंश झगडाले संकटमा पर्दै ज्योति दाजुभाई : नेपाल बैंकले लिलाम गर्दै रुपको सम्पत्ति

    7.8K
    Shares
    अंश झगडाले संकटमा पर्दै ज्योति दाजुभाई : नेपाल बैंकले लिलाम गर्दै रुपको सम्पत्ति

    काठमाडौं । भारतीय हिरो मोटरसाइकलको डिलर खोसिएपछि व्यवसायी रुप ज्योति आर्थिक संकटमा परेका छन् ।

    ज्योति ग्रुपका पद्म ज्योति र रुप ज्योतिबीचको अंश विवादले चर्को रुप लिएपछि नेपालमा हिरो मोटरसाइकलको बिजनेस खस्किएको भन्दै भारतको हिरो मोटरकर्पले एका एक डिलर खोसेर चौधरी ग्रुपलाई दिएको छ । हिरो मोटरसाइकलको बिजनेस अहिले निर्वाण चौधरीले हेर्दै आएका छन् ।

    हिरो मोटरसाइकल डिलर खोसिएपछि नेपाल बैंकले ऋण तिर्न रुप ज्योतिलाई ताकेता गरिरहेको छ । हिरोको नेपाल डिलर, नेपाल जनरल मार्केटिङ र ग्राण्डी सिटी हस्पिटलको सम्पत्ति नेपाल बैंकले लिलाम गर्न लागेको छ । यि दुबै सम्पत्ति रुप ज्योतिको हो ।

    होण्डा मोटरसाइकलको डिलरसिप अझै रुपका दाजु पद्म ज्योतिको स्याकर ट्रेडिङ कम्पनीमा छ । होण्डा मोटरसाइकलको डिलर भने खोसिएको छैन । हिरो मोटरसाइकल बिक्रीलाई देखाएर लिएको करौडौं ऋण तिर्न बाँकी रहेको बैंकले जनाएको छ ।

    हिरो मोटरसाइकालको हिरो मोटरकर्प भारतले वितरक सम्झौता खारेज गरेको कारण देखाइ नेपाल बैंकले सबै कर्जा चुक्ता गर्न ताकेता गरेको जिकिर रुप ज्योतिको छ ।

    रुप ज्योति समूहका विभिन्न कम्पनीहरुले अहिलेसम्म ८७ करोड १६ लाख ४४ हजार रुपैयाँ साँवा र सोको ब्याज १४ करोड ४० लाख रुपैयाँ तिरेको जनाएका छन् ।

    नेपाल जनरलको कर्जा तिर्ने समय २०२४ को डिसेम्बर २४, २०२५ को जुलाइ १५ र २०३४ को जनवरी १३ सम्म ऋण भुक्तानी समय कायम रहेको रुप ज्योतिले जनाएका छन् ।

    भारतको हिरो मोटर कर्पको नेपाल हेर्ने प्रतिनिधिको स्वार्थयुक्त निर्णयले वितरकको समय बाँकी हुँदाहुँदै एकतर्फी रुपमा सम्झौता खारेज गरेकाले ज्योति समूहलाई हानी भएको जिकिर रुप ज्योतिको छ ।

    यसको विरुद्धमा कानूनी प्रक्रिया भारतमा जारी रहेको रुप ज्योतिले जानकारी गराएका छन् ।

    ‘हिरो मोटरकर्पले वितरक सम्झौता खारेज गरेर नेपाली प्रतिष्ठित व्यापारिक घरनालाई धरायसी बनाउने गरेको छ । सो कार्यलाई सघाउ पुग्ने गरी सोही कारण देखाइ छोटो समयमा कर्जा तिर्न भन्नु अत्यन्त अव्यवहारिक काम भएको छ’ ज्योतिले भनेका छन् ।

    उनले कर्जा सम्बन्धि जानकारी गराउँदै गत असोज २३ गते नेपाल बैंकको सञ्चालक समितिलाई पत्र पठाएको बताएका छन् । पत्रको जवाफ नपाउँदै ऋण तिर्न सार्वजनिक सूचना प्रकाशित भएको र सूचनामा ग्राण्डी सिटीलाई पनि ऋण तिर्न भनेको रुपले जानकारी दिएका छन् ।

    रुप ज्योतिले कर्जा नियमित रुपमा तिरिरहेको बताएका छन् । ग्राण्डी सिटी बन्द गराउन आफ्नै दाजु पद्म ज्योति लागेको आरोप रुपले लगाएका छन् ।

    रुपले समूहसँग कर्जा तिर्न पर्याप्त सम्पत्ति र स्रोत भएको तर त्यसका लागि समय लाग्ने जानकारी गराएका छन् ।

    पद्म र रुपबीचको अंश विवादले अहिले चर्को रुप लिएको छ । समूहको सम्पत्तिमा पद्मको ३३, रुपको ३३ र एक अविवाहित बैंनीको ३३ प्रतिशत हिस्सा रहेको छ । बैंनी आफ्नो पक्षमा भएपछि अहिले समूहको बहुमत स्वामित्व रुप ज्योतिको हातमा छ ।

    दाजु पद्म ज्योति अल्पमतमा छन् । अंशको विषयलाई लिएर दाजुभाईबीचको झगडा अहिले बाहिर आएको छ । दाजुभाईबीचको अंश झगडाले मणिहर्ष ज्योतिले बनाएको साम्राज्य अहिले संकटमा छ । झगडाका कारण समूहको बिजनेस विस्तार हुनुको साटो खुम्चिँदै गएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend