logo

२०८१ मंसिर ३ सोमबार

logo
  • सोमबार, ३ मंसिर २०८१
  • पूर्वसभामुख ढुंगानाको निधनको शोकमा कांग्रेसले मंसिर ४ गते केन्द्रीय कार्यालय बन्द गर्ने

    पूर्वसभामुख ढुंगानाको निधनको शोकमा कांग्रेसले मंसिर ४ गते केन्द्रीय कार्यालय बन्द गर्ने

    168
    Shares
    पूर्वसभामुख ढुंगानाको निधनको शोकमा कांग्रेसले मंसिर ४ गते केन्द्रीय कार्यालय बन्द गर्ने

    काठमाडौं । नेपाली कांग्रेसले पूर्वसभामुख एवं पार्टीका नेता दमननाथ ढुंगानाको निधनको शोकमा मंसिर ३ र ४ गते पार्टी केन्द्रीय कार्यालयमा पार्टीको आधा झण्डा झुकाउने निर्णय गरेको छ ।

    सोमबार बिहान बसेको पार्टी केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले स्वर्गीय ढुंगानाकोप्रति शोक प्रश्ताव पारित गर्दै २ दिन पार्टीको आधा झण्डा झुकाउने र मंसिर ४ गते मंगलबार पार्टीको केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय गरेको हो । बैठकले उनको निधन भएको १३ औं पुण्यतिथिको दिन पार्टी केन्द्रीय कार्यालयमा शोक सभा आयोजना गर्ने निर्णय पनि गरेको पार्टीका महामन्त्री गगनकुमार थापाले जानकारी दिए ।

    कांग्रेसद्वारा जारी शोक प्रस्तावमा स्वर्गीय ढुंगानाले मानव अधिकार, न्याय क्षेत्र, बिद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन र लोकतान्त्रिक व्यवस्थाको सुदृढिकरणका पुर्याएको योगदान सदैव स्मरणीय रहिरहने निष्कर्ष निकाल्दै लागि उनले पुर्याएको योगदान सदैव स्मरणीय रहने उल्लेख गरिएको छ ।

    महामन्त्री थापाले भने, ‘पूर्वसभामुख दमननाथ ढुंगानाको ८३ वर्षको उमेरमा राजधानीका फ्रन्टलाईन अस्पतालमा उपचारको क्रममा मंसीर २ गते भएको निधनले नेपाली कांग्रेस मर्माहत र स्तब्ध भएको छ । नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरुमा सक्रिय भुमिका निर्वाह गर्नु भएका ढुंगाना २०४८ सालको आम निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र २ बाट विजयी भई २०४८ सालदेखि २०५१ सम्म प्रतिनिधि सभाको सभामुख हुनुहुन्थ्यो ।

    त्यसैगरी उहाँ २०५१ काठमाडौ निर्वाचन क्षेत्र नम्बर २ र २०७४ मा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको उम्मेदवार हुनुहुन्थ्यो । नेपाली काँग्रेसको विभिन्न पदमा रहेर उहाँले पार्टीको संगठन निर्माणमा सक्रिय भुमिका निर्वाह गर्नु भएको थियो । माओवादी सशष्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको रुपमा समेत उहाँको सक्रिया भूमिका रहेको थियो । मानव अधिकार, न्याय क्षेत्र र लोकतान्त्रिक व्यवस्थाको सुदृढिकरणका लागि उहाँले पुर्याउनु भएको योगदान सदैव स्मरणीय रहनेछ । उहाँको निधनबाट सिंगो देशले वरिष्ठ कानूनविद्, मानव अधिकारकर्मी, एक अथक योद्धा, निष्ठावान एवं अनुभवी राजनीतिज्ञ गुमाएको छ ।

    पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति केन्द्रीय कार्य समितिको बैठक गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै दिवंगत आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ । स्वर्गीय ढुगानाप्रति सम्मान प्रकट गर्दै शोक कार्यक्रम देहाय बमोजिम निर्धारण गरिएको छ । २०८१ साल मंसीर ३ र ४ गते २ दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने । २०८१ मंसीर ४ गते मंगलबार दिन केन्द्रीय कार्यालय बन्द रहने, स्वर्गारोहणको १३ औं दिनमा केन्द्रीय कार्यालयमा शोकसभाको आयोजना गर्ने निर्णय गरिएको छ ।’

    बैठकमा बोल्दै पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गीय ढुंगानाले पार्टी र सभामुखको रुपमा खेलेको निष्पक्ष भुमिका सदा स्मरणीय रहिरहने बताए । उनले भने, ‘संसद उहाँले निष्पक्ष रुपमा सभामुखको भुमिका निर्वाह गर्नुभयो । उहाँको अचानक निधन भएको खबर सुन्नुपर्यो । मलाई त बिरामी भएको पनि थाहा भएन । अब जे हुनु भईहाल्यो । उहाँको असामयिक निधन भयो ।’

    पूर्वसभामुख ढुंगाना २०४८ सालको आम निर्वाचनमा नेपाली कांग्रेसबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित भई सभामुखको भुमिका निर्वाह गरेका थिए । उनले सभामुखको रुपमा संसद संसद प्रतिपक्षको हो भन्ने मान्यतालाई स्थापित गराउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । त्यसैगरी स्वर्गीय ढुंगानाले माओवादी सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको रुपमा समेत उनको सक्रिया भुमिका खेलेको पनि कांग्रेसले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend