logo

२०८१ मंसिर ३ सोमबार

logo
  • सोमबार, ३ मंसिर २०८१
  • प्रधानमन्त्रीका कारण मन्त्रीपरिषद् बैठक ढिलाई, समयमै विदा घोषणा नगर्दा कर्मचारीलाई सास्ती

    प्रधानमन्त्रीका कारण मन्त्रीपरिषद् बैठक ढिलाई, समयमै विदा घोषणा नगर्दा कर्मचारीलाई सास्ती

    966
    Shares
    प्रधानमन्त्रीका कारण मन्त्रीपरिषद् बैठक ढिलाई, समयमै विदा घोषणा नगर्दा कर्मचारीलाई सास्ती

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण सोमबारको विहानको मन्त्रीपरिषद् बैठक ढिलाई हुन गएको खुलेको छ । आइतबार राती नै मन्त्रिपरिषद बैठक सोमबार बिहान बस्ने सूचना मन्त्रिहरुलाई जारी गरे पनि प्रधानमन्त्री ओली बैठक तोकिएको समयमा नै उपस्थित हुन नसक्दा मन्त्रीपरिषद् बैठक ढिलाई भएको हो ।

    बैठक ढिलो बस्दा पूर्वसभामुख दमननाथ ढुङ्गानाको सम्मानमा सरकारले सार्वजनिक विदा घोषणामा ढिलाइ गर्यो । सार्वजनिक विदा घोषणामा भएको ढिलाइले स्कुल गएका शिक्षक र विद्यार्थी, कर्मचारी र बैंकका कर्मचारीहरु कोही कार्यालय पुगेका थिए भने कोही बीच बाटोमा पुगेका घरमा फर्कनु पर्यो ।

    प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट आइतबार राती ११ बजे नै सूचना जारी गर्दै सोमबार मन्त्रीहरुलाई बिहान ७ः३० बजे मन्त्रीपरिषद् बैठक बस्ने जानकारी दिएका थिए । सोही बमोजिम मन्त्रीहरू पुगेका थिए ।

    तर प्रधानमन्त्रीका प्रेस हेर्ने प्रकाश सिलवालले भने राति १० बजे पत्रकारहरूको ग्रुपमा भोलि प्रधानमन्त्रीका कार्यक्रम भनेर ९ बजेलाई मन्त्रिपरिषद बैठकको सूचना जारी गरेका थिए । प्रधानमन्त्री ओली पनि सोही अनुसार ९ बजेमात्र बैठकमा उपस्थित भएका थिए । यस अन्योलताले पनि बैठक बस्न ढिलाई भएको हो ।

    सरकारका सबै मन्त्रीहरु काठमाडौंमै थिए भने नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवा धनगढीबाट आइतबार साँझ ६ः३० बजेको हवाई उडानमार्फत काठमाडौं आएका थिए ।

    ढिलागरी बसेको मन्त्रीपरिषद् बैठकले पूर्वसभामुख ढुङ्गानाको निधनको शोकमा सोमबार सार्बजनिक बिदा दिने निर्णय गर्यो । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उक्त बैठकका निर्णयहरु बिहान ९ः३० बजे सार्वजनिक गरे ।

    सरकारको सार्वजनिक विदाको निर्णयहरु सार्वजनिक भईसक्दासम्म सरकारी कार्यालय खुलिसकेका थिए भने कर्मचारी कार्यालय पुगिुकेका थिए । प्रधानमन्त्रीले समयको वास्ता नगर्दा कार्यालय पुगिसकेका कर्मचारी घर फर्किन बाध्य भए ।

    पूर्वसभामुख ढुङ्गानाको निधनसँगै यसबारे छलफल गर्न ओलीले आइतबार नै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरेर सोधेका थिए । सभापति देउवाले भने पूर्वसभामुख ढुंगाना राजकीय सम्मान गर्न लायक व्यक्तित्व भएको भन्दै सरकारलाई आफ्नो निर्णय गर्न सुझाव दिएका थिए । तर सरकार बैठक भने ढिला बस्दा सबैले अनहकमा दुःख पाएका छन् ।

    आइतबार दिउँसो २ बजे नै ढुंगानाको निधन भएको थियो । तर सरकारकै आलटालले सोमबार बिहानमात्रै र त्यो पनि बिहान ९ बजेमात्र बैठक बसेर सो निर्णय गर्दा यस्तो अन्योल उत्पन्न भएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend