logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • एनआइसी एसिया बैंकले चार कम्पनीको संस्थापक सेयर बेच्दै, कुनको कति ?

    एनआइसी एसिया बैंकले चार कम्पनीको संस्थापक सेयर बेच्दै, कुनको कति ?

    805
    Shares
    एनआइसी एसिया बैंकले चार कम्पनीको संस्थापक सेयर बेच्दै, कुनको कति ?

    काठमाडौं । एनआइसी एसिया बैंकले विभिन्न चार कम्पनीमा भएको संस्थापक सेयर बिक्री गर्न लागेको छ । एनआइसी एसियाले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), सिटिजन इन्भेस्टमेन्ट ट्रष्ट, सूर्यज्योति लाइफ इन्स्योेरेन्स कम्पनी लिमिटेड र सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडमा रहेको संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

    बैंकले विभिन्न चार कम्पनीको कूल १९ लाख ५९ हजार ६ सय ३० कित्ता संस्थापक सेयर बेच्न लागेको हो ।

    बैंकले निफ्रामा ९ लाख ६५ हजार कित्ता सेयर बिक्री गर्न लागेको छ । निफ्राको न्यूनतम सेयर मूल्य प्रतिकित्ता १ सय ५ रुपैयाँ तोकेको छ । निफ्राको सेयरमा न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

    यसैगरी सिटिजन इन्भेस्टमेन्टमा रहेको ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको छ । सेयरको न्यूनतम मूल्य ७ सय ७९ रुपैयाँ तोकेको छ । सूर्यज्योति लाइफको ८ लाख ९३ हजार ८ सय २५ कित्ता सेयर बिक्री गर्ने भएको छ । यसको न्यूनतम् मूल्य १ सय ७८ रुपैयाँ छ ।

    सूर्योदय वोमीको ५१ हजार ८ सय ५ कित्ता रहेको छ । न्यूनतम् मूल्य २ सय ९७ रुपैयाँ तोकेको बैंकले जनाएको छ ।

    चारवटै कम्पनीको सेयर न्यूनतम् ५ हजार कित्तादेखि सबै खरिदका लागि आवेदन दिन सक्ने निष्कासन तथा बिक्री प्रवन्धक एनआइसी एसिया क्यापिटलले जनाएको छ । सेयर खरिदका लागि शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति यही मंसिर १० गतेलाई तोकिएको छ ।

    सिटिजन्स इन्भेस्टमेन्टको सेयर बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले मात्र खरिद गर्न पाउने भएका छन् । यस्तै निफ्रा, सूर्यज्योति र सूर्योदय वोमीमा योग्य लगानीकर्ताले संस्थापक सेयर किन्न पाउने बैंकले जनाएको छ ।

    सेयर खरिद गर्ने लगानीकर्ताले कम्पनीहरुले घोषणा गर्ने नगद लाभांश, बोनस सेयर र हकप्रद सेयर पाउने एनआइसी एसियाले स्पष्ट पारेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend