बुधबार, फाल्गुन २१ २०८१

बुधबार, फाल्गुन २१ २०८१

विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब, १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्ने

विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब, १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्ने

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा मुलुकसँग विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ । मंगलबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकमा यस्तो देखिएको हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार असोजसम्म विदेशी मुद्रा सञ्चिति १६ अर्ब ६० करोड अमेरिकी डलर पुगेको छ ।

गएको असार मसान्तमा २० खर्ब ४१ अर्ब रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति ९.४ प्रतिशतले बढेर असोज मसान्तमा २२ खर्ब ३२ अर्ब पुगेको राष्ट्र बैंकले जनाएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १९ खर्ब ८८ अर्ब छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २ खर्ब ४४ अर्ब २७ करोड पुगेको छ ।

२०८१ असोज मसान्तसम्मको् कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ । हाल कायम रहेको विदेशी मुद्रा सञ्चितिले तीन महिनाको आयातलाई आधार मान्दा १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्ने राष्ट्र बैंकको अनुमान छ ।

ताजा अपडेट
धेरै पढिएको
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend