logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • राजनीतिक नेतृत्वले एकले अर्कालाई झुक्याउने कुरा घातक छ : जनार्दन शर्मा

    राजनीतिक नेतृत्वले एकले अर्कालाई झुक्याउने कुरा घातक छ : जनार्दन शर्मा

    294
    Shares
    राजनीतिक नेतृत्वले एकले अर्कालाई झुक्याउने कुरा घातक छ : जनार्दन शर्मा

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले राजनीतिक नेतृत्वबीच एकले अर्कोलाई झुक्याउने कुरा घातक रहेको टिप्पणी गरेका छन् ।

    पछिल्ला दिनमा सत्तामा टाँसिरहनका लागि राजनीतिक नेतृत्वबीच छक्याउने, झुक्याउने सोच र प्रवृत्ति देखिएको जिकिर गर्दै उहाँले त्यो कुरा मुलुकको राजनीतिक क्षेत्रका लागि नै घातक भएको टिप्पणी गरेका हुन् ।

    मंगलबार काठमाडौंमा आयोजित ‘शान्ति प्रक्रियाः विगत र वर्तमान’ विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै उपमहासचिव शर्माले राजनीतिक नेतृत्वले शासनमा भन्दा राशनमा ध्यान दिने खालको नीति लियो भने मुलुकमा फेरी सम्हाल्न नसक्ने गरी द्वन्द्व शुरु हुने पनि बताए ।

    उनले भने, ‘नेतृत्वले एकले अर्कालाई छक्याउने, झुक्याउने, कसरी हुन्छ आफ्नो हातमा सत्ता राखिराख्ने खालको जो सोच र प्रवृत्ति र संस्कृतिको विकास भएको छ । यो धेरै हानिकारक छ राजनीतिक क्षेत्रमा । यसैले वितृष्णा पैदा गरेको छ ।

    एकले अर्कोलाई धोका दिने, छक्याउने खालको कुराले, सत्तामा टाँसिरहने र इगो टकराउने खालको कुरा र शासनमा भन्दा राशनमा बढी ध्यान दिने खालको नीति भयो भने फेरी द्वन्द्व हुन्छ । त्यो सम्हाल्न सकिँदैन ।’

    उपमहासचिव शर्माले तत्कालीन राज्य पक्षले दमन गरेपछि माओवादीले विद्रोह गर्नुपरेको पनि बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend