logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • रुकुमपूर्वको पुथाउत्तरगंगा २ को वडाध्यक्षमा माओवादीका उम्मेदवार निर्विरोध

    रुकुमपूर्वको पुथाउत्तरगंगा २ को वडाध्यक्षमा माओवादीका उम्मेदवार निर्विरोध

    553
    Shares
    रुकुमपूर्वको पुथाउत्तरगंगा २ को वडाध्यक्षमा माओवादीका उम्मेदवार निर्विरोध

    काठमाडौं । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध भएका छन् ।

    कांग्रेस–एमालेको गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्रका जगत घर्ती निर्विरोध भएका हुन् ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयले माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।

    गत निर्वाचनमा पनि वडा नम्बर २ एमाले र कांग्रेसले गठबन्धन गरेर चुनाव लडेका थिए । तर माओवादी केन्द्रका उम्मेदवार जसबहादुर शिर्पाली विजयी भएका थिए ।

    गत निर्वाचनमा गाउँपालिकाको उपाध्यक्ष पदमा विजयी भएकी माओवादी केन्द्रकी भुपेन्द्रा बुढा र वडा नम्बर २ का अध्यक्ष माओवादी केन्द्र जसबहादुर शिर्पालीको बागलुङमा भएको दुर्घटनामा निधन भएकाले उपनिर्वाचन हुन लागेको हो ।

    घर्ती निर्विरोध वडाध्यक्षमा विजयी भएपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक सञ्जालमार्फत् शुभकामना दिएका छन् ।

    ‘रुकुम(पूर्व) पुथाउत्तरगंगा गाउँपालिका वडा नं. २ को उपनिर्वाचनमा वडा अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएकोमा हाम्रो पार्टीका उम्मेदवार जगत घर्ती (काजु)लाई हार्दिक बधाई तथा कार्यकालको शुभकामना व्यक्त गर्दछु,’ प्रचण्डले फेसबुकमा लेखेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend