logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • आर्थिक मन्दीले एसियन पेन्ट्सको व्यापार खुम्चियो, चार वर्षमा साढे २७ अर्ब कारोबार

    आर्थिक मन्दीले एसियन पेन्ट्सको व्यापार खुम्चियो, चार वर्षमा साढे २७ अर्ब कारोबार

    672
    Shares
    आर्थिक मन्दीले एसियन पेन्ट्सको व्यापार खुम्चियो, चार वर्षमा साढे २७ अर्ब कारोबार

    काठमाडौं । आर्थिक गतिविधि सुस्तताको असर पेन्ट (रंग) उद्योगमा पनि परेको छ । व्यापार घटेपछि पेन्ट उद्योगको आम्दानी कम भएको हो ।

    बहुराष्ट्रिय कम्पनी एसियन पेन्टसको व्यापार आधा घटेको छ । २०२२ मा ८ अर्ब ५७ करोड ४० लाख रुपैयाँको रंग व्यापार गरेको एसियन पेन्ट्सको यो वर्ष २०२४ मा आधा घटेको छ । यो वर्ष उद्योगको रंग व्यापार ४ अर्ब ६७ करोड ४० लाख रुपैयाँमा सिमित भएको छ । यो वर्ष मात्र उद्योगको रंग व्यापार ४० प्रतिशत घटेको छ ।

    २०२३ मा एसियनले ७ अर्ब ८० करोड ७० लाख रुपैयाँ व्यापार गरेको थियो । २०२२ मा ६ अर्ब २८ करोड ५० लाख रुपैयाँ रंग व्यापार गरेको थियो । व्यापार कम भएपछि उद्योगको अपरेटिङ मार्जिन घटेर ९ प्रतिशतमा सिमित भएको छ । २०२२ मा २१.५, २०२३ मा १८ र २०२१ मा १८.८ प्रतिशत थियो ।

    एसियन पेन्ट्सको नेपाली बजारमा बलियो उपस्थिती रहेको छ । चार वर्षको अवधिमा एसियन पेन्ट्सले २७ अर्ब ३४ करोड रुपैयाँ रंग व्यापार गरेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

    पछिल्लो पाँच वर्षमा एसियन पेन्ट्सले लगानीकर्तालाई ३० देखि ३५ प्रतिशत लाभांश दिँदै आएको छ ।

    उद्योगको नेटवर्थ बेस ६ अर्ब ७० करोड रुपैयाँ छ । एसियन पेन्ट्सले १ अर्ब ५० करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ ।

    भारतीय लगानीमा सन् १९८३ मा स्थापना भएको एसियन पेन्ट्स नेपाल रंग उत्पादन तथा बिक्री वितरण गर्र्दै आएको छ । उद्योगले १ लाख ८ हजार ८ सय टन रंग उत्पादनका लागि सरकारबाट अनुमतिपत्र (लाइसेन्स) पाएको छ ।

    उद्योगमा एसियन पेन्ट्स इन्डिया लिमिटेडको ५३ प्रतिशत हिस्सा रहेको छ । यस्तै रवि एसोसियट्सको ९ प्रतिशत छ । बाँकी ३८ प्रतिशत स्वामित्व विभिन्न २७ सेयर होल्डरको छ । उद्योग हेटौडामा रहेको छ ।

    उद्योगले विभिन्न रंगहरू जस्तै सिमेन्ट, इमल्सन, डिस्टेम्पर, नाइफिङ पेस्ट, साल्भेन्ट र प्राइम अन्डरकोटलगायत दर्ता भएका ४४ विभिन्न ब्रान्डहरू उत्पादन गर्र्दै आएको छ ।

    यसबाहेक, सन् २०२२ देखि एसियनले क्रोम प्लेटेड बाथरूम फिटिङ्सको एसेम्बलीका लागि उत्पादन थालेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend