काठमाडौं । नेपालको लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले इलेक्ट्रिक स्कुटर टिभिएस आइक्युबको २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक गरेको छ । यो भेरिएन्टसँगै नेपालमा अब टिभिएस आईक्युबका ३ वटा भेरिएन्टहरु ६ आकर्षक रङहरुमा उपलब्ध छन् ।
२.२ किलोवाट–आवरको नयाँ भेरिएन्टको शुरुवाती मूल्य २,९९,९०० रुपैयाँ रहेको छ यसले इभी स्कुटरलाई अझ पहुँचयोग्य बनाएको कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार टिभिएस आईक्युब पावर अफ चोइस, पूर्ण एसुरेन्स र प्रयोगमा सहजताबाट प्रेरित रहेको छ । पावर अफ चोइस अन्तर्गत ग्राहकहरूलाई विभिन्न रेन्ज, चार्जिङ र प्राइस अपसनहरु रहेको कम्पनीले जनाएको छ । सजिलै प्रयोग गर्न सकिने फिचरहरु रहेको दाबी कम्पनीको छ ।
“नेपालमा टिभिएस आईक्युबको यात्रा निकै फलदायी हुँदै आएको छ । हाम्रा ग्राहकहरूले केवल एक वर्षमा १० लाख भन्दा बढी किलोमिटर यात्रा पूरा गरिसक्नु भएको छ । टिभिएस मोटर कम्पनीका ईभी इन्टरनेशनल बिजनेसका भाइस प्रेसिडेन्ट मधु प्रकाश सिंहले भने विश्वभरि ४ लाखभन्दा बढी ग्राहकहरूले टिभिएस आईक्युब ब्रान्डलाई रोजेका छन् जसले उत्कृष्ट ईभी अनुभवप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रमाणित गरको छ । नयाँ आईक्युब २.२ किलोवाट–आवर भेरिएन्टले सबैभन्दा फास्ट चार्जिङ सुविधा प्रदान गर्छ ।”
“टिभिएस आईक्युबसँगको गत एक वर्षको हाम्रो सफल यात्रा सफल रहेको छ । टिभिएस आईक्युब २.२ किलोवाट–आवर भेरिएन्टको प्रवेशले नेपाली दुई पाङ्ग्रे ईभी क्षेत्रमा आएको परिर्वतनमा अझ गति थप्नेछ । जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले पनि आफ्नो विचार राख्दै भने हाम्रो विस्तृत वितरण नेटवर्क र उत्कृष्ट इन–स्टोर बिक्रीका साथ हामी यो नयाँ भेरिएन्टलाई नेपालभर उपलब्ध गराउन प्रतिबद्ध रहेका छौं । नेपाली ग्राहकवर्गका लागि दुई पाङ्ग्रे ईभी अझ पहुँचयोग्य भएको छ ।”
स्कुटरमा ब्याट्री क्षमता २.२ किलोवाट–आवर, चार्जर ९५० वाट, ५ इन्चको रंगीन टिएफटी स्क्रीन, सवारी दुर्घटना तथा टो अलर्ट टर्न–बाइ–टर्न नेभिगेशन, डिस्ट्यान्स टु एम्प्टी, ३० लिटरको अन्डर सीट स्टोरेज रहेको छ । टिभिएस आईक्युब वालनट ब्राउन र पर्ल ह्वाइटमा रहेको छ ।