काठमाडौं- पुर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले ओली सरकारको निरंकुशता र कुशासन विरूद्ध सडकमा उत्रेकोमा कांग्रेसलाई बधाइ दिएका छन्। सरकारविरुद्ध देशव्यापी विरोधमा उत्रेकोमा कांग्रेसलाई भट्टराईले बधाई दिएका हुन्।
सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले अब सदन बोलाउन पहल गर्नुपर्ने माग पनि गरेका छन्।
ट्वीटरमा उनले लेखेका छन्, “ओली सरकारको निरंकुशता/कुशासन विरूद्ध सडकमा उत्रेको कांग्रेसलाई बधाइ! भनिन्छ लोकतन्त्रमा राजनीतिका तीन प्रमुख कार्यक्षेत्रमध्ये सरकारमा सत्तापक्षको र सदन तथा सडकमा विपक्षको अधिकार/कर्तव्य हुन्छ। अब सदन बोलाउन पहल गरौं।जसपा पनि छिटै पार्टी एकता समायोजनको काम सकेर सडक+सदनमा गर्जन्छ!”