काठमाडौं- प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबाले केपी ओली नेतृत्वको सरकारका कारण राजावादीहरु सक्रिय भएको बताएका छन्। हेटौंडामा कांग्रेसको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै सभापति देउवाले ओली सरकारको गैरजिम्मेवारीपनका कारण राजावादीहरु सल्बलाएको बताएका हुन्।
‘देशमा राजा आउ, देश बचाउ भन्दै राजावादीहरु सडकमा प्रदर्शन गरिरहेका छन्, देउवाले भने, यो सब कम्युनिष्ट सरकारका कारणले हो।’
माओवादी र एमाले एकता भएसँगै कम्युनिष्टको सरकार आउँदा कसैले रुन पनि पाउँदैन भनेर आफूले भनेको स्मरण गरे। ‘मैले कम्युनिष्ट पार्टी एक हुँदा भनेको थिएँ। कम्युनिष्ट जित्दा रुन पनि पाइँने छैन। किन रोइस् भनेर आउन बेर छैन।’ उनले भने।