logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • आजबाट धरहरा चढ्न पैसा तिर्नुपर्ने, पार्किङको पनि शुल्क

    आजबाट धरहरा चढ्न पैसा तिर्नुपर्ने, पार्किङको पनि शुल्क

    385
    Shares
    आजबाट धरहरा चढ्न पैसा तिर्नुपर्ने, पार्किङको पनि शुल्क

    काठमाडौं । आजबाट धरहरा चढ्न २ सय रुपैयाँ शुल्क लाग्ने भएको छ । यस्तै पार्किङको पनि शुल्क लाग्ने छ ।

    मन्त्रिपरिषद्को निर्णय अनुसार अब धरहरा चढ्दा प्रतिव्यक्ति २ सय रुपैयाँ लाग्नेछ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिले भने ५० प्रतिशत छुट पाउने छन् ।

    यस्तै, सार्क राष्ट्रबाट आउने पर्यटकलाई ५ सय, त्यो बाहेककालाई १ हजार रुपैयाँ तोकिएको छ ।

    धरहरामा पार्किङ गर्दा चार पांग्रे गाडीका लागि प्रतिघण्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकेको छ । धरहरा परिसरमा प्रवेश मात्रै गर्नेहरूलाई भने ५० रुपैयाँ शुल्क तोकिएको छ ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend