logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता सकियो, कस्ले मार्ला बाजी ?

    धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता सकियो, कस्ले मार्ला बाजी ?

    343
    Shares
    धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता सकियो, कस्ले मार्ला बाजी ?

    काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि सर्टलिस्टमा परेका पाँच मध्ये चार उम्मेदवारहरुसँग अन्तर्वार्ता आइतबार सकिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर कार्की र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीको अन्तर्वार्ता र कार्ययोजना प्रस्तुति कार्य सम्पन्न भएको छ ।

    सर्टलिस्टमा परेका चिरन्जीवी चापागाईं आइतबार पनि अन्तर्वार्ताका लागि उपस्थित भएनन् । अध्यक्ष छान्न गठित समितिले तीन जनाको नाम आजै सिफारिश गर्ने बताइएको छ । सोमबार बस्ने मन्त्रिपरिषद बैठकले समितिले सिफारिस गरेको तीन जना मध्ये एक जनालाई बोर्डको अध्यक्ष बनाउने भएको छ । बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठको सम्भावना उच्च रहेको बताइएको छ ।

    गत कात्तिक २९ गते मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं र नवराज अधिकारीलाई व्यवसायिक कार्ययोजना प्रस्तुति र अन्तर्वार्ताका लागि आज बोलाइएको थियो ।

    पहिलो चरणको छनोटमा परेर पनि अन्तर्वार्तामा नआएका तीनै जनालाई अर्थ मन्त्रालयको नाम सिफारिस समितिले पुनः बोलाएको हो ।

    पहिलो चरणको छनोटमा परेका सन्तोषनारायण र मुक्तिनाथ श्रेष्ठले अन्तर्वार्ता दिइसकेका छन् । गत फागुनमा दरखास्त आह्वान गर्दा १९ जनामध्ये श्रेष्ठ, कार्की, चापागाईं र अधिकारी पहिलो चरणको छनोटमा परेका थिए ।

    गत असार २ मा अन्तर्वार्ताका लागि ५ जना नै उपस्थित हुनुपर्ने थियो । तर त्यसबेला सन्तोष र मुक्तिनाथले मात्र अन्तर्वार्ता दिएका थिए । अन्य तीन जना अन्तर्वाता दिन आएनन् । त्यसबाट तीन जनाको नाम छनौट गरेर सरकारलाई पठाउनुपर्ने थियो । तर, छनौट गर्न तीन जनाको नाम पुगेन ।

    मन्त्रालयले तीन जना अन्तर्वार्तामा अनुपस्थित भएपछि समितिले गत असार १४ मा छनोट प्रक्रिया रद्द गरेको थियो । त्यसविरुद्ध सन्तोषनारायणले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । अदालतले प्रक्रिया रद्द नगर्न आदेश जारी गरेको थियो । उनको मुद्धा अझै सर्वोच्चमा रहेको छ ।

    यसअघि नेकपा माओवादी केन्द्र र नेकपा एमाले गठबन्धन सरकारमा छँदा आफ्नालाई ल्याउन तानतान गर्दा बोर्डको अध्यक्ष चयन प्रक्रिया अवरुद्ध भएको हो । एमाले–माओवादी सरकारमा रहँदा अध्यक्ष चयनमा विवाद भएको थियो । सत्ता समीकरण परिवर्तनको एउटा कारण धितोपत्र बोर्डको अध्यक्ष रहेको चर्चा त्यसबेला चलेको थियो । बिचौलियाका कारण आफ्नो सरकार ढलेको आरोप पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले लगाउँदै आएका छन् ।

    लामो समयदेखि बोर्ड अध्यक्षविहीन भएर काम अवरुद्ध भएपछि गत साउनमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रालयका सहसचिव महेश बराललाई अध्यक्ष नियुक्त गरेर पठाएका छन् । तर, महेश बरालले केही पनि काम गरेका छैनन् ।

    धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि अनुमतिपत्र (लाइसेन्स) का लागि प्रस्ताव आब्हान गरेको थियो । धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति स्टक एक्सचेन्जको लाइसेन्ससँग जोडिएको छ ।

    जसले अध्यक्ष बनाउन सक्यो उसैले स्टक एक्सचेन्जको लाइसेन्स हात पार्ने भएकाले व्यवसायिक घरनाहरु अहिले आफू अनुकुलको व्यक्तिलाई बोर्डको अध्यक्ष बनाउन कम्मर कसेर लागेका छन् । अहिले स्टक एक्सचेन्जको लाइसेन्सका लागि व्यवसायिक घरनाबीच ‘कर्पोरेट वार’ सतहमा देखिएको छ ।

    लाइसेन्स हत्याउन व्यवसायीक घरानाबीच लडाईंले गर्दा गत पुस २० गतेदेखि धितोपत्र बजारको नियामक निकाय बोर्ड नेतृत्व बिहिन छ ।

    यो पनि :

    अनुकुल व्यक्तिलाई बोर्डको अध्यक्ष बनाएर स्टक एक्सचेन्जको लाइसेन्स हात पार्न ‘कर्पोरेट वार’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend