logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने

    इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने

    266
    Shares
    इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने

    तेहरान, एएफपी । इरानले संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायले पारित गरेको निन्दा प्रस्ताव अघि सारेका तीन युरोपेली मुलुकसँग आगामी शुक्रबार आणविक वार्ता गर्ने आइतबार जनाएको छ ।

    इरान, फ्रान्स, जर्मनी र बेलायतका उपविदेशमन्त्री स्तरीय बैठक शुक्रबार बस्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माईल बगाईले जानकारी दिए ।

    “प्यालेस्टिनी र लेबनानका मुद्दाका साथै आणविक मुद्दालगायत क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दा र विषयमा छलफल हुनेछ,” विदेश मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    बागाईले आगामी बैठकलाई सेप्टेम्बरमा न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभाको वार्षिक अधिवेशनका क्रममा दुई देशसँग भएको वार्ताको निरन्तरताका रुपमा व्याख्या गरेका छन् ।

    संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) को ३५ सदस्यीय बोर्ड अफ गभर्नर्सले बिहीबार एक प्रस्ताव पारित गर्दै इरानबाट सहयोगको अभाव भएको भन्दै त्यसको भत्र्सना गरेको छ ।

    इरानको आणविक कार्यक्रमलाई लिएर तनाव बढेपछि वार्ताको पहल थालिएको हो । यसलाई आलोचकहरूले आणविक हतियार विकास गर्ने उद्देश्यले गरिएको आशङ्का गरेका छन् ।

    आईएईएका प्रमुख राफेल ग्रोसी तेहरानको भ्रमणबाट फर्केपछि यो उपविदेशमन्त्री स्तरीय बैठक कदम चालिएको हो ।

    भ्रमणका क्रममा इरानले आईएईएको मागमा सहमति जनाएको थियो, जसमा ६० प्रतिशत शुद्धतासम्म संवर्धित हतियारयुक्त युरेनियमको संवेदनशील भण्डार सीमित गर्न भनिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend