logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • एनपिएलको उत्कृष्ट नेपाली क्रिकेटरले ओमोडो गाडी पाउने

    एनपिएलको उत्कृष्ट नेपाली क्रिकेटरले ओमोडो गाडी पाउने

    434
    Shares
    एनपिएलको उत्कृष्ट नेपाली क्रिकेटरले ओमोडो गाडी पाउने

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को बेस्ट प्लेयरले ओमोडा एण्ड जेइको कम्पनीको गाडी पाउने भएको छ ।

    यसका लागि एनपिएल आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार ओमोडा एण्ड जेइकोलाई सहप्रायोजकका रूपमा सम्झौता गरेको छ । क्यानले मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणका लागि सह–प्रायोजकको रूपमा ओमोडा एण्ड जेइकोसँग साझेदारी गरेको हो ।

    क्यानका सचिव पारस खड्का र एसपिजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाले ओमोडा एण्ड जेइको र एनपिएलबीचको यो सहकार्यले नेपालमा क्रिकेटको प्रवद्र्धन र विकासका लागि टेवा पुर्याउने विश्वास व्यक्त गरे ।

    उनले नेपाली क्रिकेटले लोकप्रियता तथा सफलता पाउँदै गरेको समयमा खेल विकासका लक्ष्यहरू हासिल गर्न सहयोग पुग्ने आशा व्यक्त गरे ।

    कम्पनीले ओमोडा एण्ड जेइको र एनपिएलबीचको सहकार्यले नेपाली क्रिकेटको विकासमा उल्लेखनीय भुमिका खेल्ने र प्रतिभावान नेपाली युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन मद्दत गर्दै नेपाल क्रिकेट लिगको विकास र सफलतामा योगदान पुर्याउने विश्वास लिएको छ ।

    क्यानका सचिव खड्काले पछिल्लो २०–३० वर्षमा उतारचढाव रहेको नेपाली क्रिकेटमा एनपिएलको आयोजनाले उत्साह ल्याएको उल्लेख गर्दै यो साझेदारीले नेपाली क्रिकेटरमा छुटै उत्साह मिल्ने बताए । आगामी मंसिर १५ गतेदेखि एनपिएल शुरू हुँदैछ ।

    पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच पहिलो खेल हुनेछ । एनपिएलका खेलहरू कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछन् । एनपिएल आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend