logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • आन्तरिक पर्यटकको रोजाइमा शे–फोक्सुण्डो

    आन्तरिक पर्यटकको रोजाइमा शे–फोक्सुण्डो

    238
    Shares
    आन्तरिक पर्यटकको रोजाइमा शे–फोक्सुण्डो

    डोल्पा । हाल यहाँको तापक्रम निरन्तर घटे पनि नीलो हीराका रूपमा परिचित देशको सबैभन्दा गहिरो शे–फोक्सुण्डो तालमा आन्तरिक एवं बाह्य पर्यटकको आगमन जारी छ ।

    शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार गत साउनदेखि कात्तिकसम्ममा स्वदेशी र विदेशी गरी एक हजार छ सय ३२ पर्यटक फोक्सुण्डो ताल क्षेत्रमा आएका छन् । बाह्य पर्यटकको तुलनामा आन्तरिक पर्यटक आउने क्रम जारी छ ।

    बितेका पाँच महिनामा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्र र अन्य राष्ट्रका गरी तीन सय २६ जना पर्यटकले शे–फोक्सुण्डो घुमेका र त्यसबाट १० लाख ५३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको उनले बताए ।

    चालु आर्थिक वर्षको सुरुदेखि कात्तिकसम्म वन पैदावार बिक्री, पर्यापर्यटन, दण्ड सजायलगायत शीर्षकबाट ६५ लाख ७० हजार छ सय ८८ रुपैयाँ राजस्व सङ्कलन भएको निकुञ्जले जनाएको छ । फोक्सुण्डो ताल, त्रिपुरासुन्दरी मन्दिर, शे–गुम्बा, धो तरापजस्ता सुन्दर धार्मिक तथा पर्यटकीय गन्तव्य डोल्पामै पर्ने भएकाले केही वर्षयता आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको त्रिपुरासुन्दरी नगरपालिका–१ का लक्ष्मण देवकोटाले बताए ।

    नेपालगञ्ज– डोल्पा उडान नियमित गरेमा, भेरी करिडोरको सुधार तथा सुविधायुक्त होटलको व्यवस्था भएमा पर्यटकको सङ्ख्या उल्लेख्य मात्रामा वृद्धि हुने उनी बताउँछन् । व्यापार, व्यवसाय प्रवर्द्धनका हिसाबमा डोल्पालीलाई विदेशीभन्दा स्वदेशी पर्यटक आउँदा फाइदा हुने सदरमुकाम दुनैका होटल व्यवसायीहरू बताउँछन् ।

    नेपालगञ्ज–सुर्खेत–जाजरकोट–रुकुम हुँदै मोटरसाइकल र गाडीमा सजिलै दुनैसम्म पुग्न सकिने भएकाले पनि विमानमा भन्दा अघिकांश पर्यटक मोटरसाइकल चढेर यहाँ आउने गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend