logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • स्वदेशी उद्योग पूर्ण क्षमतामा चलाउन तयारी वस्तुको आयात बन्द गर्नुपर्छ : अध्यक्ष अग्रवाल

    स्वदेशी उद्योग पूर्ण क्षमतामा चलाउन तयारी वस्तुको आयात बन्द गर्नुपर्छ : अध्यक्ष अग्रवाल

    105
    Shares
    स्वदेशी उद्योग पूर्ण क्षमतामा चलाउन तयारी वस्तुको आयात बन्द गर्नुपर्छ : अध्यक्ष अग्रवाल

    काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले स्वदेशी उद्योगहरुलाई पूर्ण क्षमतामा सञ्चालन गर्न तयारी वस्तुको आयातलाई निरुत्साहित गर्नुपर्ने बताएका छन् ।

    बिहीबार काठमाडौंमा आयोजित ‘प्लाष्ट नेपाल २०२४’को समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले यस्तो बताएका हुन् ।

    उनले प्याकेजिङ वस्तुहरुको आयातको कारण मुलुकमा उद्योगहरुको क्षमता भन्दा ४० प्रतिशत कम सञ्चालनमा रहेको बताए । उनले मुलुकको अर्थतन्त्रलाई बलियो र दिगो बनाउनको लागि आन्तरिक उत्पादनलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले आन्तरिक उत्पादन बढाउन स्वदेशमा उत्पादन भएका हुनसक्ने वस्तुहरुको प्रवद्र्धन गर्ने नीतिहरु अवलम्वन गर्नुपर्ने बताए ।

    उनले स्वदेशी उत्पादनले आन्तरिक माग धान्नसक्ने वस्तु आयातलाई निरुत्साहित गर्न आवश्यक रहेको उल्लेख गरे । आन्तरिक माग धान्नसक्ने वस्तु आयातलाई निरुत्साहित गर्दा औद्योगिक विकासलाई बढवा दिने र व्यापार घाटा कम गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने उनको भनाई छ ।

    अध्यक्ष अग्रवालले आयात प्रतिस्थापन गर्नसक्ने अन्य उद्योगसँगै प्लाष्ट्रिक उद्योग पनि एक भएकाले संरक्षण गर्न आवश्यक रहेको बताए ।

    उनले भने, ‘मुलुकको अर्थतन्त्रलाई बलियो र दिगो बनाउनको लागि आन्तरिक उत्पादनलाई विशेष ध्यान दिनुपर्छ । आन्तरिक उत्पादन बढाउन स्वदेशमा उत्पादन भएका हुन सक्ने वस्तुहरुको प्रवद्र्धन गर्ने नीतिहरु अवलम्वन गर्नुपर्छ । स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने वस्तु आयातलाई निरुत्साहित गर्नुपर्छ । यसले औद्योगिक विकासलाई बढवा दिने र व्यापार घाटा कम गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग गर्छ ।

    आयात प्रतिस्थापन गर्नसक्ने अन्य उद्योगसँगै प्लाष्ट्रिक उद्योग पनि एक हो । स्वदेशी उद्योगहरुलाई पूर्ण क्षमतामा सञ्चालन गर्न तयारी वस्तुको आयातलाई निरुत्साहित गर्नुपर्छ । रोजगारी सिर्जना गर्दै अर्थतन्त्र बलियो बनाउन र परनिर्भता कम गर्छ ।

    सरकारले गर्ने सामान्य नीतिगत सुधारले पनि औद्योगिक उत्पादन वृद्धि हुन्छ । सरकारले नीतिगत सहजिकरण गर्नसके मात्रै पनि धेरै वस्तुहरुमा आत्मनिर्भर बन्नसक्ने अवस्था छ ।’

    उनले सरकारले गर्ने सामान्य नीतिगत सुधारले पनि औद्योगिक उत्पादन वृद्धि हुने बताए । उनले सरकारले नीतिगत सहजिकरण गर्नसके मात्रै पनि धेरै वस्तुहरुमा आत्मनिर्भर बन्नसक्ने अवस्था रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend