logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • अहिलेको शिक्षा नीति बेरोजगार उत्पादन गर्ने मात्र भयो, यसलाई परिमार्जन गर्नुपर्छ

    अहिलेको शिक्षा नीति बेरोजगार उत्पादन गर्ने मात्र भयो, यसलाई परिमार्जन गर्नुपर्छ

    175
    Shares
    अहिलेको शिक्षा नीति बेरोजगार उत्पादन गर्ने मात्र भयो, यसलाई परिमार्जन गर्नुपर्छ

    मनास्लु वर्ल्ड स्कुल सञ्चालन भएका बेला गेन्द्र लामालगायतको टिमलाई कलेज सञ्चालन गर्ने सोच आयो । कलेज सञ्चालन गर्ने सोच बनाउँदै गर्दा कोरोना महामारी नेपालमा पनि फैलियो र लकडाउनको अवस्था आयो । यही लकडाउनको बेला अवसर हो, भन्ने सोचका साथ प्लस टु र ब्याचलर लेभलका लागि मनास्लु वर्ल्ड कलेज सञ्चालन भयो ।

    कलेज सञ्चालनमा आएको अहिले पाँच वर्ष बितिसकेको छ । पाँच वर्षको अवधिमा विद्यार्थीको संख्या बढेर १५ सय पुगेको छ । यद्यपि, कलेजमा अहिले ब्याचलर लेभलमा विद्यार्थीको संख्या घट्दै गएको छ ।

    नेपालको शिक्षा नीति नै व्यवसायिक नभएका कारण विश्वविद्यालयबाट बेरोजगार मात्र उत्पादन भइरहेको निश्कर्ष लामाको छ । नेपालको शिक्षा नीति र अब सुधार्नु पर्ने विषयमा केन्द्रीत रहेर कलेजका अध्यक्ष लामासँग सुनौलो नेपालले गरेको कुराकानी ।

    मनास्लु वर्ल्ड कलेजको स्थापना कसरी भयो ?

    मनास्लु वर्ल्ड कोरोना महामारीको समयमा जन्मिएको कलेज हो । संसार नै कोभिड महामारीले आक्रान्त भएर बाँच्नकै लागि संघर्ष भइरहेको अवस्थामा एउटा नविनतम् र सकरात्मक सोच भएका भएका युवाहरु, जसले नेपालमा पनि केही गर्न सम्भव छ भन्ने दृष्टिकोणले अगाडि बढाइराखेको टिमले मनास्लु वर्ल्ड कलेज सुरुवात गरेको हो । त्यो समयमा सुरुवात गरेको संस्था अहिले हामी पाँचौ वर्षमा छौँ । अहिले प्लस टुदेखि बिबिएस सम्मको पनि पढाई हुन्छ ।

    पाँच वर्षको अन्तरालमा तपाईले कलेज सञ्चालनका क्रममा के कस्ता समस्या भोग्नु पर्यो ?

    प्लस टू मा हाम्रो लागि नयाँ हो । स्वभाविक रुपमा भर्खरै मात्र सार्वजनिक भएको एउटा उत्पादन बजारमा बेच्न चुनौती त भइहाल्छ । आन्तरिक र बाह्य रुपमा धेरै चुनौती पक्कै पनि थियो । एक त कोभिडको समयमा मान्छेहरु खाना लाउन, बाँच्नै कठिन अवस्थामा थियो । त्यो समयबाट गुज्रिँदै आएको संस्था हो । हामीले सुरुवाती समयमा नै ठूलो फड्को मार्न सफल भयौं । पहिलो वर्ष नै हामीले अपेक्षा गरेभन्दा धेरै विद्यार्थी भर्ना गराएर अगाडि बढ्यौँ ।

    तद्पश्चात अहिले पाँचौ वर्षसम्म आइपुग्दा विद्यार्थी संख्याको हिसाबले हरेक वर्ष राम्रो भइराखेको छ । त्यसको लागि पनि धेरै चुनौतीहरु त थिए नै । कुनै पनि व्यवसायमा सहज तरिकाले काम गर्न गाह्रो हुन्छ । विशेषतः भर्खरै मात्र स्थापना भएको संस्था कसरी अगाडि बढ्यो भन्ने सवालमा स्वभाविक रुपमा हामी माथि विभिन्न ढंगले प्रहार त भइहाल्छन् ।

    तर, त्यसलाई सहर्ष स्वकार गर्दै हामी अगाडि बढ्यौँ, हामीले ‘गिभ अप’ गरेनौँ । जसले गर्दा पाँचौँ वर्षसम्म आइपुग्दा हामी सफलता तिर गइराखेका छौं ।

    कलेजमा विद्यार्थी संख्या कति छ ?

    प्लस टू को समेत गरेर अहिले हामीसँग करिब १५ सय विद्यार्थी छन् । ब्याचलरमा भर्ना गर्न आउँदा लगभग तीन सय ५० जति हुन्छ । त्रिभुवन विश्वविद्यालय रजिष्ट्रेशन फारम भर्दा त्यसको २५ प्रतिशत विद्यार्थी घटिसकेको हुन्छ । अन्तिम परीक्षा ५० प्रतिशतले मात्र दिन्छन् । पहिलो वर्ष परक्षा दिएको ५० प्रतिशत विद्यार्थी संख्या चौथो वर्ष पुग्दासम्म २० प्रतिशतमा खुम्चिन पुग्छ ।

    यो हाम्रो कलेजको मात्र नभई समग्र ब्याचलर तहमा अध्ययन गर्ने विद्यार्थीहरुको परिस्थिती हो । ब्याचलर अध्ययन गर्दै गर्दा बाहिरिने क्रमले यस्तो हुन गएको हो ।

    कोभिड महामारीकै बीचमा कलेज खोल्ने सोच कसरी आयो ?

    म व्यक्तिगत रुपमा एक दशकदेखि यही क्षेत्रमा कार्यरत थिए । अपग्रेट गर्नुपर्छ भन्ने मेन्टालिटी पक्कै पनि थियो । त्यही बेला कोभिडको समय पर्यो । यही नै हाम्रो साहस हो । काभिडले संसारलाई आक्रान्त पार्दा पनि हाम्रो जुन लक्ष्य थियो, त्यो लक्ष्य भेट्टाउन हामी निरन्तर रुपमा लागि पर्यौँ ।

    हाम्रो धैर्यता, आँट, साहस र त्योभन्दा पनि हाम्रो यस्तो टिम छ, जसले मरुभुमिमा पनि हरियो देख्ने सकारात्मक सोच राख्छ । जसले नेपालको शैक्षिक क्षेत्रमा एउटा ठूलो क्रान्ति ल्याउनु पर्छ भन्ने सोच भएका ‘योङ्ग स्टार’को जमातको कारणले गर्दा नै यो सम्भव भएको हो ।

    काठमाडौँमा धेरै कलेजहरु खुलेका छन्, सबैको आ–आफ्नै विशेषता पनि होलान् । यहाँले कत्तिको प्रतिस्पर्धा अनुभव गर्नुभएको छ ?

    निश्चित रुपमा प्रतिस्पर्धा धेरै नै छ । जहाँ प्रतिस्पर्धा धेरै हुन्छ, त्यहाँ मज्जा पनि आउँछ । त्यो प्रतिस्पर्धाको बीचबाट नै हामीले आफूलाई अब्बल भएको सावित गर्दै स्थापित भएका छौँ । सहज ढंगले प्राप्ति भएको कुरामा आनन्द हुँदैन । कुनै पनि खेलमा विपरीत समूह जति बलियो हुन्छ, त्यो समूहलाई जित्दाको मज्जा र कमजोर समूहलाई जित्दाको मज्जा फरक हुन्छ । स्वभाविक रुपमा एकेडेमिक सेक्टरमा पनि ठूलो प्रतिस्पर्धा छ ।

    सहज ढंगले प्राप्ति भएको कुरामा आनन्द हुँदैन । कुनै पनि खेलमा विपरीत समूह जति बलियो हुन्छ, त्यो समूहलाई जित्दाको मज्जा र कमजोर समूहलाई जित्दाको मज्जा फरक हुन्छ । स्वभाविक रुपमा एकेडेमिक सेक्टरमा पनि ठूलो प्रतिस्पर्धा छ ।

    तर, फरक के हो भने हामी गुणस्तरका लागि प्रतिस्पर्धा गर्छौँ । अरुले के गर्छ र के भन्छ भन्ने कुरा ठूलो रहेन । हामी आफ्नो गुणस्तरीयता कायम गर्न र विद्यार्थीहरुलाई दिनुपर्ने सेवा सुविधाको सवालमा आफ्नो तर्फबाट सक्दो गरिराखेका छौँ । कुनै पनि भेन्चरले, कुनै पनि संस्थाले आफ्नो ग्राहक छ, उहाँहरुलाई हामीले राम्रो सेवा दिन सक्दासम्म जतिसुकै तीव्र प्रतिस्पर्धा भएता पनि निरन्तर रुपमा चलिरहन्छ ।

    शैक्षिक क्षेत्रमा लगानी गर्दा अन्य बिजनेस भन्दा बढी फाइदा छ भन्ने गरिन्छ, तपाईं के भन्नुहुन्छ ?

    मैले सुरुवातमा पनि भनेको थिएँ । अहिले शिक्षा क्षेत्रमा धेरै नाफा हुँदो रहेछ, जोखिम कम हुँदो रहेछ भनेर धेरै भन्दा धेरै व्यापारिक मानसिकता भएका व्यक्तिहरुले ठूलो मात्रामा एजुकेशनमा लगानी गरेको पाइएको छ । हो, यहाँनेर अभिभावकहरु प्रताडित भइराखेका छन् । किनभने कलेज सञ्चालकको चासो विद्यार्थीको सेवा सुविधा र गुणस्तरमा रहँदैन, केवल पैसामा मात्र रहन्छ ।

    उहाँहरु र हाम्रोमा यही छ फरक । उहाँहरुको कसरी धेरै पैसा कमाउने भन्नेमा दिमाग चल्छ भने हाम्रोमा हृदय चल्छ । विद्यार्थीको भविष्य र उनीहरुले पाउने सेवा सुविधा र गुणस्तरिय शिक्षामा हामी अलिकति पनि कन्जुस्याईँ गदैनौँ । भन्न खोजेको के हो भने त्यो मोटिभले नचलेको कारण हामी अहिले पनि बढी कमाउने भन्दा पनि विद्यार्थीहरुलाई कसरी धेरैभन्दा धेरै सेवा र सुविधा दिने भन्ने मोटिभबाट गाइडेड छौँ ।

    अहिलेको प्रतिस्पर्धा शुल्कमा कि गुणस्तरमा छ ?

    कुनै पनि संस्थाले कस्तो किसिमको सेवा र सुविधा प्रदान गरेको छ, त्यसको आधारमा शुल्क निर्धारण हुने हो । समान्यतया मलाई शैक्षिक क्षेत्रमा शुल्कको भन्दा पनि गुणस्तरको प्रतिस्पर्धा छ जस्तो लाग्छ, हामी त्यही क्रममा छौँ । हामीले यति शुल्क लियौँ भन्दा पनि हामीले पढाएका विद्यार्थीहरु कहाँ कहाँ छन् भन्ने कुरा मुख्य हो जस्तो लाग्छ । त्यसैले शुल्क भनेको दोस्रो कुरा हो ।

    कुनै एक जना विद्यार्थी मनास्लु कलेजमा प्लस टू र ब्याचलर पढ्न किन आउने ?

    मनास्लु वर्ल्ड कलेजमा विद्यार्थी धेरै कारणले पढ्न आउँछन् । कलेजको व्यवस्थापन एकदम चुस्त, दुरुस्त र ‘हाइली एकेडेमिक टिम’ रहेको छ । २१ औँ शताब्दिमा विद्यार्थीहरुले कस्तो किसिमको शिक्षा चाहन्छन् भन्ने कुरामा हामी जानकार छौँ । अहिलेको विद्यार्थीहरुले रुचाएको, चाहेको अनुसारको शिक्षा हामीले प्रदान गरिराखेका छौँ । विशेष गरेर मनास्लु किन पढ्ने ? भन्ने सवालमा मनास्लु पढ्ने धेरै कारणहरु छन् ।

    एक त व्यवस्थापन समूह, दोस्रो कुरा क्लासमा पढाउने फ्याकल्टी मेम्बरहरु हाइली क्वालिफाइड, डेडिकेटेड र अनुभवीहरु हुनुहुन्छ । अबको शिक्षा भनेको जीवन उपयोगी, आफ्नो खुट्टामा आफैँ उभिन सक्ने ‘सेल्फ डिपेन्डेट’ र स्किल बेस्ड शिक्षा हुनुपर्छ । जसले गर्दा यहाँ पढ्न आउने अधिकांश विद्यार्थीहरु किताबको ज्ञानसँगै अतिरिक्त क्रियाकलापमा पनि केन्द्रीत गरिराखेका छौँ ।

    अबको शिक्षा भनेको जीवन उपयोगी, आफ्नो खुट्टामा आफैँ उभिन सक्ने ‘सेल्फ डिपेन्डेट’ र स्किल बेस्ड शिक्षा हुनुपर्छ । जसले गर्दा यहाँ पढ्न आउने अधिकांश विद्यार्थीहरु किताबको ज्ञानसँगै अतिरिक्त क्रियाकलापमा पनि केन्द्रीत गरिराखेका छौँ ।

    पढाई मात्र होइन कि अन्य अतिरिक्त क्रियाकलापमार्फत करियर बनाउन चाहने विद्यार्थी भाइबहिनीहरुको ठूलो रुचीको विषय मनास्लु वर्ल्ड कलेज हो । जसले गर्दा हामीले दिइराखेका यस्ता सुविधाको कारणले धेरैको रोजाईमा यो कलेज परेको हो । हामीले फुटबल, भलिबल, क्रिकेट, बास्केट बलमा पनि विद्यार्थीहरुलाई ‘ग्रुमिङ’ गराइराखेका छौँ । त्यस्तै, म्युजिक, डान्स क्लासका साथै नेसनल र इन्टरनेसनल रुपमा एक्सपोजरको कुरामा ध्यान दिएका छौँ ।

    योसँग सँगै हामीले विद्यार्थी भाइबहिनीहरु जो प्लस टू गर्दै काम पनि गर्न चाहन्छन्, उनीहरुलाई कामको अवसर पनि सिर्जना गरिराखेका छौँ । यो पनि मनास्लु वर्ल्ड कलेजको एउटा आकर्षण हो ।

    विश्वविद्यालयले पाठ्यक्रम बनाउँदा सैद्धान्तिक विषयमा मात्र ध्यान दिएको देखिन्छ । पढिसकेपछि काम रोजगार बनाउने खालको प्राविधिक शिक्षामा विश्वविद्यालय र कलेजले किन ध्यान दिँदैनन् ?

    यहाँ दुई वटा कुरा छ । म सँगसँगै मास्टर डिग्री गरेका धेरै साथीभाइहरु हिजो पनि अहिले पनि सर्टिफिकेट दराजमा थन्काएर विदेश जान बाध्य छन् । यसको एउटा कारण भनेको हामीले प्राप्त गरेको सर्टिफिकेट सैद्धान्तिक मात्र छ, प्रयोगात्मक रुपमा जानकार छैनौं । मैले हरेक शैक्षिक फोरममा बहस हुँदा नेपालको शिक्षा पोलिसी नै परिवर्तन गर्नुपर्छ भन्ने गरेको छु ।

    नेपाल सरकारले जुन किसिमले डिजाइन गरेको पाठ्यक्रम छ, त्यो पाठ्यक्रमले धेरै भन्दा धेरै बेरोजगार मात्र उत्पादन गरिरहेको छ । सरकारले आत्मनिर्भर हुने किसिमका व्यवसायिक शिक्षा दिए जस्तो मलाई लाग्दैन ।

    मेरो पालामा मैले विद्यालय तह पढ्दै गर्दा घोकन्ते शिक्षा बाहेक केही नै थिएन । हाम्रो जीवन रुपान्तरणका लागि त्यस्तो किसिमको शिक्षाहरु दिइएन । त्यसैले शिक्षा जीवन रुपान्तरणका लागि हुन पर्छ भनेर मैले हरेक ठाउँमा भन्दै आएको छु । तर, त्यो हाम्रो शिक्षामा खासै देख्दिन । सैद्धान्तिक रुपमा हामी होल टप पनि हुने गर्छौँ । तर, जब हामी प्रयोगात्मक रुपमा जान्छौँ, त्यो बेला फेलियर हुन्छौँ ।

    यसको प्रमुख कारण भनेको हाम्रो पाठ्यक्रम नै हो । त्यहाँको वातावरणले खोजेको के हो र पाठ्यक्रम त्यहाँको माटो सुहाउँदो हुनुपर्छ । हाम्रा कथित शिक्षाविद्हरुले विभिन्न देशमा, विदेशी युनिभर्सिटीको शिक्षा नीति बुझेर आएका हुन्छन् र त्यही मोडल नेपालमा लागू गर्न खोज्दा फेलियर भएका छन् ।

    तपाईले यो भनिरहँदा किन परिवर्तनका लागि पहल गर्नुहुन्न ?

    सरकारले शिक्षाको नीति बनाउने बेला निजी शैक्षिक संस्थाका व्यक्तिहरुलाई कहिल्यै पनि समावेश गरेन । निजी क्षेत्रबाट सञ्चालित जति पनि शैक्षिक क्षेत्रहरु छन्, तिनीहरुलाई सरकारले जहिले पनि दोस्रो दर्जाको नागरिक जस्तो व्यवहार गरेको छ । हामीलाई शैक्षिक माफियाको ट्याग लगाइएको छ ।

    तर, यिनै शैक्षिक संस्थाहरुले हजारौँ लाखौँ नेपालीहरुलाई रोजगार दिएका छन् । तिनै निजी शैक्षिक संस्थाबाट क्वालिटेटिभ म्यानपावर उत्पादन भइराखेका छन् भन्ने कुराहरु नेपालका पोलिसी मेकिङमा बस्ने व्यक्तित्वहरुले कहिल्यै बुझेनन् । हामीले चाहेर कहाँ हुन्छ ? व्यवसायीको ट्याग पनि सहौँला । तर, कुनै पनि नेपाली नागरिकका छोराछोरी जब प्लस टू पास गरिसके पछाडि उसले चाहेको विषय पढ्न चाहँदा त्यो विद्यार्थीले निजी स्कुल कलेज पढेकै आधारमा उसले छात्रावृत्ति पाउनबाट बञ्चित हुनपर्ने अवस्था छ ।

    निजी कलेजमा पढ्ने सबै विद्यार्थीका अभिभावक आर्थिक रुपमा सम्पन्न हुन्छन् भन्ने होइन । यो बाध्यताले हो । सरकारी वा सामुदायिक विद्यालयप्रतिको उहाँहरुको पूर्ण रुपमा विश्वास नरहेको र अझै पनि सरकार, सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा दिन सकेका छैनन् भन्ने आभास भएर उहाँहरुले बाध्य भएर जसोतसो निजी संस्थामा आफ्ना बच्चालाई पढाउन ल्याउनु भएको हो ।

    काठमाडौं महानगर भित्रै पनि चार/पाँच सयभन्दा बढी निजी शैक्षिक संस्था चलिरहेका छन् । ती संस्थामा पढाउने विद्यार्थीहरुका अभिभावकको लेवल साँच्चिकै हाई क्लासको छ त ? छैन, बाटोमा नाङ्लोमा कागती बेच्ने, मकै पोलेर बेच्नेका छोराछोरी पनि निजी शैक्षिक संस्थामा पढिराखेका छन् । जब ती अभिभावकले खाइनखाई गरेर १२ कक्षासम्म पढाएका हुन्छन् ।

    उनीहरुका छोराछोरीले म डाक्टर बन्छु, म इन्जिनियर बन्छु भनेर सरकारी कोटामा आवेदन गर्दा तिमी यसको लागि योग्य छैनौ भनिदिँदा हाम्रो नीति कस्तो छ भन्ने कुरा यहीबाट प्रस्ट हुन्छ । यो किसिमको विभेद जबसम्म राज्यले हामीमाथि गरिराख्छन्, तबसम्म यस्तै भइराख्छ ।

    जति पनि समस्याहरु उठ्छन्, ती समस्याहरु विज्ञ तहसम्म पुर्याउन नसक्नु यहाँहरुको पनि कमजोरी हो कि ?

    हामीले दिएका ती सकारात्मक सुझावहरुलाई उहाँहरुको दस्तावेजमा, नीति निर्माणमा समावेश गर्नुपर्यो नि ! निजी स्कुल कलेजले उनीहरुलाई नै फाइदा हुने गरी सुझाव दिएका होलान् है भन्ने नेपालका ब्युरोक्रेसीमा रहेका उपल्लो तहका व्यक्तिहरुको मेन्टालिटी छ । उहाँहरुका छोराछोरी नेपालको ए वान निजी स्कुल/कलेजमा पढाउने तर हामीलाई हेर्ने दृष्टिकोण भने उस्तै रहने । यो दृष्टिकोणमा जबसम्म परिवर्तन आउँदैन तबसम्म शिक्षा क्षेत्रमा परिवर्तन हुन समय लाग्छ ।

    प्लस टू सम्म जसोतसो पढ्यो, त्यसपछि माथि पढ्न धेरै जसो विदेशिने सोच बनाउँछन्, यसमा दोषी को ?

    अहिले पनि १२ कक्षा पास गरेका विद्यार्थीहरु कलेजमा मात्र दैनिक १० देखि १२ जना लेटर अफ रिकमेन्डेसनका लागि आएका हुन्छन् । के का लागि भन्दा विदेशमा पढ्नका लागि । यो एउटा प्रतिनिधि उदाहरण मात्र हो । यो देश भरिमा कति होलान् ! हरेक दिन प्लस टू पास गरेका भाइबिहिनीहरु विदेश जान तयार छन् ।

    शिक्षा प्रणाली, पद्धती यसका पनि केही आयामहरु छन् । विशेषतः नेपालको सन्दर्भमा हेर्ने हो भने कक्षा १२ पास गरिसकेपछि ब्याचलर भनेको युनिभर्सिटी तहको अध्ययन हो । नेपालको सन्दर्भमा त्रिभुवन युनिभर्सिटीलाई हेर्ने हो भने स्नातकको चार वर्षे कोर्ष छ । एक नम्बरमा परीक्षा समयमा हुँदैन । दोस्रो भनेको समयमा परीक्षा त भएन समयमा रिजल्ट समेत निकाल्दैन ।

    एवम् रितले चार वर्षे कोर्ष सकाउनका लागि रेगुलर पास हुने विद्यार्थीलाई पनि ६ वर्ष लाग्छ । त्यो विद्यार्थी प्लस टू सकेपछि बाहिर गयो भने चार वर्षमा उसले सर्टिफिकेट पाउने भयो । अर्को भनेको नेपालका कुनै पनि युनिभर्सिटीअन्तर्गत रहेका ब्याचलर तहका शिक्षामा केही न केही कमजोर नै छन् । ठ्याक्कै यसलाई दाँज्ने हो भने विदेशमा त्यही कोर्ष समयमा नै सकिने भयो र गुणस्तरीय शिक्षा पनि पाउने भए ।

    त्यस्तै विद्यार्थीले अहिले गरेको तुलना के हो भने यहाँ ब्याचलर गर्दै गर्दा कतै काम गरे पनि उसले कमाउने भनेको मासिक १५ देखि १८ हजार रुपैयाँसम्म हो । बाहिर गयो भने कम्तिमा ब्याचलर अध्ययन गर्दै गर्दा आफू बाँच्नको लागि र फि तिर्नेसम्मको कमाउन सक्छ । अर्को पक्ष भनेको नेपालको ब्याचलर सकेर जागिर पाइहाल्यो भने पनि २५ हजारको पेरिफेरि हो ।

    बाहिर देशको कुरा गर्ने हो भने ब्याचलर सकेर फुल टाइम काम गरेर मज्जाले पैसा कमाउन पनि सक्यो । जसले गर्दा १२ कक्षा पास भइसकेपछि विद्यार्थीहरुको मानसिकता नै विदेश जाने भयो । विदेशिने कुनै पनि विद्यार्थीको रहर त हुँदै होइन । १२ कक्षा भनेको १७ वर्षमा पास गर्छन् । ती कलिला छोराछोरीलाई विदेश पठाउन कुनै पनि अभिभावकको रहर हुँदैन र ती भाइबहिनीहरुलाई पनि आफ्ना बाआमा, देश, छरछिमेक, आफन्त छोडेर बाहिरिन पक्कै पनि रहर त छैन ।

    विदेशिने कुनै पनि विद्यार्थीको रहर त हुँदै होइन । १२ कक्षा भनेको १७ वर्षमा पास गर्छन् । ती कलिला छोराछोरीलाई विदेश पठाउन कुनै पनि अभिभावकको रहर हुँदैन र ती भाइबहिनीहरुलाई पनि आफ्ना बाआमा, देश, छरछिमेक, आफन्त छोडेर बाहिरिन पक्कै पनि रहर त छैन ।

    यो के हो भने यहाँको बेथितीको कारणले गर्दा उनीहरुले आफ्नो भविष्य देशमा भन्दा विदेशमा देखे । यसमा हाम्रो पनि त्यो किसिमको वातावरण सिर्जना गर्न नसक्ने कमजोरी होला । मेरो बुझाईमा यो भनेको राज्यको काम हो । राज्यले ती योङ्ग स्टारलाई रोक्ने पोलिसी ल्याउन पर्छ । यहाँ समयमा पढाई सक्ने, परीक्षा गर्ने र रोजगारको अवसर दिलाउने हो भने यो किसिमको परिस्थिती आउँदैन । प्लस टू मात्र होइन, अहिले एसईई सकेका भाइबहिनीहरुको मेन्टालिटी पनि जसरी पनि विदेश जाने भन्ने रहेको मैले पाएको छु ।

    यस्तै परिस्थिति रही रह्यो भने विश्वविद्यालय तह अध्ययन गर्ने विद्यार्थीको संख्या शून्य हुने स्थिती हो ?

    परिस्थिति यस्तै रह्यो भने लगभग लगभग शून्यको स्थिती नआउला भन्न सकिँदैन । अहिले एउटा बहस चलिराखेको छ । त्रिभुवन विश्वविद्यालयले ब्याचलरलाई तीन वर्षमा झार्ने भनिराखेको छ । इन्टरनेसनल रुपमा ब्याचलर लेवल चार वर्षको नै हो । यहाँ तीन वर्षे र चार वर्षेका समस्या नै होइन । क्वालिटी एजुकेशन दिनपर्यो, समयमा परीक्षा हुनपर्यो, समयमा रिजल्ट दिनपर्यो र ब्याचलर पढ्दै गर्दा रोजगारीको अवसर दिनपर्यो ।

    सरकारले रोजगारी सिर्जना गर्न सक्ने सम्भावना छ त ?

    मज्जाले सकिन्छ । भ्रष्टाचारदेखि लिएर दुनियाँ काण्डमा नमुछिकन नेपोटिजममा नलागिकन गफमा मात्र होइन काममा पनि समृद्ध नेपाल बनाउनका लागि सबैले संकल्प लिएअनुसार काम गर्यो भने असम्भव भन्ने नै हुँदैन । केही मात्रामा विद्यार्थीहरु रोक्न सकिन्छ । तर, विदेश पढ्न जानु नकारात्मक मात्र हो, नराम्रो हो पनि भन्न मिल्दैन । बाहिरिने मात्रा अहिले धेरै भयो । अहिले तीव्र गतिमा जुन मात्रा बढिरहेको छ बाहिरिने, त्यो हाम्रो लागि ठूलो थ्रेट हो ।

    तर, अलिअलि विद्यार्थी बाहिर गएर त्यहाँको शिक्षा र सीप सिकेर नेपाल फर्किने हो भने नेपाल वास्तवमै समृद्ध बन्न सक्छ । श्रमिकको रुपमा जानेहरु बाहेक अन्य नेपाल फर्किने कमै मात्र छन् । कति विद्यार्थी बाहिरिएका छन् र कति फर्किए भन्ने तथ्यांक राख्नलाई हाम्रो नेपाल सरकारलाई फुर्सद नै छैन ।

    भिडियो :


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend