logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • जनताले राज्यसत्ताप्रति नै विकल्प खोज्नुपर्ने अवस्था आयो : मोहन वैद्य

    जनताले राज्यसत्ताप्रति नै विकल्प खोज्नुपर्ने अवस्था आयो : मोहन वैद्य

    343
    Shares
    जनताले राज्यसत्ताप्रति नै विकल्प खोज्नुपर्ने अवस्था आयो : मोहन वैद्य

    काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका संयोजक मोहन वैद्यले जनताले राज्यसत्ताप्रति नै विकल्प खोज्नुपर्ने अवस्था आएको बताएका छन् ।

    सत्तारुढ दलहरु, राजनीतिक व्यवस्था र राज्यसत्ताप्रति नै जनतामा असन्तुष्टि, आक्रोश बढदै गएकाले त्यसको विकल्पको खोजी गर्ने अवस्था पैदा भएको उनको जिकिर थियो ।

    बिहीबारबाट काठमाडौंमा शुरु भएको पार्टीको राष्ट्रिय एकता महाधिवेशनमा बोल्दै संयोजक वैद्यले मुलुकमा क्रान्तिका लागि पस्थिति अनुकुल बन्दै गएको दाबी समेत गरे । उनले क्रान्तिकारी कम्युनिष्ट आन्दोलन हालका लागि कमजोर अवस्थामा रहेको स्वीकार गर्दै आगामी दिनमा बलियो भएर जाने विश्वास व्यक्त गरे ।

    संयोजक वैद्यले मुलुकमा वैकल्पिक राजनीतिक शक्तिको नेतृत्व क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुले लिने पनि बताए ।

    उनले भने, ‘सरकार सञ्चालक राजनीतिक दलहरु र समस्त व्यवस्था तथा राज्यसत्ताप्रति नै जनतामा असन्तुष्टि, आक्रोश तथा वितृष्णा बढ्दै जाने र विकल्पको खोजी गर्ने अवस्था पैदा हुन थालेको छ । उक्त कुराहरुमाथि दृष्टि दिँदा आज एकातिर क्रान्तिका लागि वस्तुगत परिस्थिति अनुकुल बन्दै जान थालेको देखिन्छ । परन्तु अर्कोतिर आत्मागत परिस्थिति भने कमजोर नै रहेको छ । तर यो पनि अस्थायी कुरा हो ।

    परिस्थितिले कोल्टे फेर्दै जानेछ । आज क्रान्तिकारी कम्युनिष्ट आन्दोलन कमजोर अवस्थामा भएपनि भोलि बलियो हुनेछ । यो कुरा नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासले पनि प्रमाणित गरेको छ ।’

    संयोजक वैद्यले साम्राज्यवादी र प्रतिक्रियावादीहरुले मुलुकलाई संकटको डिलमा पुर्याएको समेत बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend