काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याइएको छ । उनलाई केहीबेर अघि पोखरा एयरपोर्टबाट बुद्ध एयरको विमानमार्फत काठमाडौँ ल्याइएको हो ।
सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका सभापति लामिछानेलाई आज काठमाडौं ल्याइएको हो ।
काठमाडौंमा स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा रविलाई पनि आरोपित गरेर जाहेरी दिइएको छ । यसैको अनुसन्धानका लागि उनलाई काठमाडौं ल्याइएको हो ।
उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरिसकेको छ ।
उनी गत कात्तिक २ गते काठमाडौँस्थित रास्वपा केन्द्रीय कार्यालयबाट पक्राउ परेका थिए । लामिछानेलाई सुप्रिम सहकारीको रकम अचपचलनका विषयमा बयान लिन यसअघि बुटवल लगिएको थियो ।