काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा चितवन राइनोजले ११२ रनको लक्ष्य पाएको छ ।
टस जितेर बलिङ गरेको चितवन राइनोजलाई काठमाडौं गुर्खाजले ११२ रनको लक्ष्य दिएको हो ।
निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै काठमाडौँले १ सय ११ रन बनाएको हो । काठमाडौं गुर्खाजका ब्याटमान नचल्दा १११ रनमै सिमिति भयो ।
माइकल लेभिट २५, स्टेफन इस्किनाजी २, जेहार्ड एरासमस ४, भीम सार्की १, रसिद खान ४, कप्तान करण केसी १, शाहब आलम १ र शंकर राना ११ रन जोडेर आउट भए । ड्यान डौथवेट १९ र दीपेश कंडेल १ रनमा अविजित रहे ।
बलिङमा चितवनका सोहेल तनवीरले सर्वाधिक ५ विकेट लिए । कप्तान कुशल मल्ल, रिजन ढकाल, ल्यूक मार्टिन बेनकेन्स्टाइन र अमंरसिंह रौटेलाले एकएक विकेट लिए ।
टीयु क्रिकेट मैदानमा खेल जारी छ ।