logo

२०८१ मंसिर १७ सोमबार

logo
  • सोमबार, १७ मंसिर २०८१
  • नेपालमा एकल महिलाको संख्या ९ लाख ९७ हजार ६६२

    नेपालमा एकल महिलाको संख्या ९ लाख ९७ हजार ६६२

    154
    Shares
    नेपालमा एकल महिलाको संख्या ९ लाख ९७ हजार ६६२

    काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार नेपालमा ९ लाख ९७ हजार ६६२ एकल महिला रहेको देखाएको छ ।

    सोमबार राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणनाको तथ्याङ्कबाट छुट्टै अध्ययन गरी निकालिएको एकल महिला तथ्याङ्क सार्वजनिक गरेको हो ।

    तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सबैभन्दा बढी एकल महिलामा विधुवा महिला बढी रहेको देखाएको छ । नेपालको ६६ लाख ६० हजार ८४१ गैरसंस्थागत घरपरिवारमध्ये ९ लाख ३६ हजार ९८ घरपरिवारमा कम्तीमा एक एकल महिला/विधवा, सम्बन्धविच्छेद, भिन्न बसेको र ३५ वर्ष वा सोभन्दा माथिका अविवाहित महिला पाइएको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक राजन सिलवालले बताए ।

    उनले जसमा ७ लाख ९९ हजार ७४४ घरपरिवारमा कम्तीमा एक विधवा महिला रहेको देखिएको पनि बताए । उनले कुल घरपरिवारमध्ये १४ प्रतिशत घरपरिवारमा एकल महिला रहेको तथ्याङ्ले देखाएको बताए । उनले एकल महिला रहेका १४ प्रतिशत घरपरिवारमध्ये १२ प्रतिशत विधवा र २ प्रतिशत अन्य एकल महिला रहेका पाइएको उल्लेख गरे । उनले कार्यालयकले अध्ययन गर्दा विधवा, सम्बन्ध विच्छेद, भिन्न बस्ने चार समूहलाई जोडेर एकल महिलाको तथ्याङ्क विश्लेषण गरिएको बताए ।

    उनले विधवा र अन्य एकल महिला रहेका घरपरिवारका विशेषता एकै प्रकारका रहेको बताए । उनले कम्तीमा एकजना विधवा महिला कर्णाली प्रदेशमा ११ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा १४ प्रतिशत यी दुई प्रदेशमा देखिएको बताए । उनले दश वर्ष वा सो भन्दा माथिका कुल महिला जनसंख्यामध्ये ८.२ प्रतिशत एकल महिला रहेको भन्दै तथ्याङ्कले विदुर २.२ प्रतिशत भन्दा विधवा महिलाको संख्या धेरै ६.६ प्रतिशत रहेको बताए ।

    उनले सन् २००१ को जनगणनामा एकल महिला ३.७ प्रतिशत मात्र रहेकोमा सन् २०२१मा झन्डै दोब्बरले वृद्धि भएको जानकारी दिए । उनले सन् २००१ मा थप ३ प्रतिशतले बढी २०२१ मा ६.६ प्रतिशत पुगेको उल्लेख गरे । उनले विगत दुई दशकमा सम्बन्धविच्छेद र छुट्टिने दरमा वृद्धि भएको भन्दै ३५ वर्ष र माथिका अविवाहित महिलाको अनुपात सन् २००१ मा ०।५ प्रतिशत थियो भने २०२१ मा ०.७ प्रतिशत पुगेको जानकारी दिए ।

    उनले भने, ‘अध्ययन गर्दा विधवा,सम्बन्ध विच्छेद,भिन्न बस्ने चार समूहलाई जोडेर एकल महिलाको तथ्याङ्क विश्लेषण गरिएको छ । विगतका विभिन्न समयमा भएका जनगणनाका तथ्याङ्कहरुलाई समेत आधार बनाएरका छौं । अध्ययनबाट प्रतिवदेनमा सबैभन्दा बढी एकल महिलामा पनि विधुवा महिला बढी छ ।

    एकल महिलाको घरपरिवार अवस्था विश्लेषण गर्दा ६६ लाख ६० हजार ८४१ गैरसंस्थागत घरपरिवारमध्ये ९ लाख ३६ हजार ९८ घरपरिवारमा कम्तीमा एक एकल महिला/विधवा, सम्बन्ध विच्छेद, भिन्न बसेको र ३५ वर्ष वा सोभन्दा माथिका अविवाहित महिला पाइएको छ । यी ७ लाख ९९ हजार ७४४ घरपरिवारमा कम्तीमा एक विधवा महिला रहेको देखियो । कुल घरपरिवारमध्ये १४ प्रतिशत घरपरिवारमा एकल महिला रहेका छन् ।

    एकल महिला रहेका १४ प्रतिशत घरपरिवार मध्ये १२ प्रतिशत विधवा र २ प्रतिशत अन्य एकल महिला, सम्बन्धविच्छेद, भिन्न बसेको र ३५ वर्ष वा सोभन्दा माथिका अविवाहित महिला पाइएको छ । विधवा र अन्य एकल महिला रहेका घरपरिवारका विशेषता एकै प्रकारका रहेका छन् । कम्तीमा एकजना विधवा महिला कर्णाली प्रदेशमा ११ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा १४ प्रतिशत रहेको छन् ।

    नेपालमा ९ लाख ९७ हजार ६६२ एकल महिला रहेका छन् । दश वर्ष वा सो भन्दा माथिका कुल महिला जनसंख्यामध्ये ८.२ प्रतिशत एकल महिला थिए । तथ्याङ्कले विदुर २.२ प्रतिशत भन्दा विधवा महिलाको सख्या धेरै ६.६ प्रतिशत रहेको छ । सन् २००१ को जनगणनामा एकल महिला ३।७ प्रतिशत मात्र रहेकोमा सन् २०२१मा झण्डै दोब्बरले वृद्धि भएको छ । त्यस्तै सन् २००१ मा थप ३ प्रतिशतले बढी २०२१ मा ६।६ प्रतिशत पुग्यो । विगत दुई दशकमा सम्बन्धविच्छेद र छुट्टिने दर बढेको छ । ३५ वर्ष र माथिका अविवाहित महिलाको अनुपात सन् २००१ मा ०.५ प्रतिशत थियो भने २०२१मा ०।७ प्रतिशत पुगेको छ ।’

    उनले एकल महिलाका विषयमा राज्यले नीति निर्माण गर्दा बलियो दस्तावेज हुने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend