काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल निर्वाचित भएका छन् । मतगणना अन्तिम परिणामअनुसार डंगोलले ५ हजार ३ सय ३४ मत प्राप्त गरेका छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका प्रा.डा शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका उम्मेदवार डा. सुरेन्द्र मानन्धर तेस्रो भएका छन्। सुरुदेखि दोस्रो स्थानमा रहेका मानन्धर अन्तिमा आएर तेस्रो भएका हुन् । उनले ४ हजार ३ सय ३७ मत प्राप्त गरेका छन् ।
कीतिपुरमा आफ्नो क्षेत्र जोगाउन कांग्रेस सफल भएको छ ।यसअघि २०७९ मा भएको निर्वाचनमा कांग्रसका राजकुमार नकर्मी विजयी भएका थिए । उनको निधन भएपछि निर्वाचन भएको हो ।
कीर्तिपुरको उपचनुवलाई दलहरूले प्रतिष्ठाको विषय बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए ।
कीर्तिपुरको वडा नम्बर १ र ४ को वडाध्यक्षमा कांग्रेसका उमेदवार नै निर्वाचित भइसकेका छन् ।