logo

२०८१ पुष १२ शुक्रबार

logo
  • शुक्रबार, १२ पुष २०८१
  • नेकपाका दुवै पक्षको केन्द्रिय कमिटि बैठक बस्दै : प्रचण्ड पक्ष आन्दोलनमा,ओली पक्ष निर्वाचनको तयारीमा जुट्दै

    नेकपाका दुवै पक्षको केन्द्रिय कमिटि बैठक बस्दै : प्रचण्ड पक्ष आन्दोलनमा,ओली पक्ष निर्वाचनको तयारीमा जुट्दै

    2.2K
    Shares

    पुस ९ काठमाडौँ, संसद् विघटनपछि नेकपाका दुवैपक्षको केन्द्रिय कमिटि बैठक आज बस्दै छ। नेकपाको  प्रचण्ड माधव नेपाल  पक्षको बिहान ११ बबरमहलमा बस्दै छ भने प्रधानमन्त्री केपी शर्मा ओली पक्षको बैठक बालुवाटारमा दिउँसो १ बजे बस्दै छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली समूहले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरिसकेको छ भने २०७८ साल मंसिर २ गते काठमाडौंमा महाधिवेसन गर्ने  निर्णय गरिसकेको छ। 

    आज बस्ने केन्द्रिय  कमिटिमा आगामी वैशाखमा हुने निर्वाचनलाई केन्द्रमा राखेर आफ्नो पक्षमा  क्रियाकलाप गर्ने तथा संगठनमा आफ्नो प्रभाव बढाउने बिषयमा छलफल  गर्ने बुझिएको छ।  

    यता प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउँदै माधव  कुमार  नेपाललाई अध्यक्ष बनाएर अघि बढेको प्रचण्ड माधव नेपाल पक्ष प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनलाई असंवैधानिक  भन्दै जिल्ला तह सम्मै आन्दोलन गर्ने सम्बन्धमा छलफल हुने बुझिएको छ।

    साथै नेकपा  महासचिव बिष्णु पौडेल प्रधानमन्त्री ओली पक्षमा गईसकेको अवस्थामा पार्टी महासचिवको टुंगो लगाउने बिषयमा छलफल गर्ने कार्यसुची रहेको प्रचण्ड माधव पक्षका एक नेताले सुनौलो नेपाललाई जानकारी दिए। प्रचण्ड माधव  पक्षमा महासचिवको आकांक्षीमा प्रबक्ता नारायणकाजी श्रेष्ठ सहित  भिम रावल, जनार्दन शर्मा, देव गुरुङ, सुरेन्द्र पाण्डे र बर्षमान पुन देखिएका छन्।  

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend