logo

२०८१ पुष २७ शनिबार

logo
  • शनिबार, २७ पुष २०८१
  • निगमको वाइडबडी जहाज खरिद प्रकरण : घुस लेनदेनमा दीपक शर्मा दोषी ठहर

    निगमको वाइडबडी जहाज खरिद प्रकरण : घुस लेनदेनमा दीपक शर्मा दोषी ठहर

    987
    Shares
    निगमको वाइडबडी जहाज खरिद प्रकरण : घुस लेनदेनमा दीपक शर्मा दोषी ठहर

    काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिद प्रकरणमा दीपक शर्मा दोषी ठहर भएका छन् ।

    उनी नेपाली मूलका बेलायती व्यवसायी हुन् । शर्माले अमेरिकी ‘फरेन करप्ट प्राक्टिसेस एक्ट’ (एफसीपीए) को घुसविरुद्धका प्रावधान उल्लंघन गरेको ठहर भएको हो ।

    निगमले अमेरिकी कम्पनी एएआर कर्पोरेसनबाट दुईवटा वाइडबडी जहाज किनेको थियो । त्यसका लागि २४ अर्ब रुपैयाँ भुक्तानी गरेको थियो ।

    एफसीपीए वेबसाइटमा प्रकाशित जानकारी अनुसार, शर्माले निगमका दुईवटा ‘ए३३०–२००ु’वाइडबडी विमान खरिदबिक्रीमा बिचौलियाको भूमिका निर्वाह गरेका थिए । शर्माले निगमलाई विमान बेच्न ठेक्का दिलाउन नेपाली अधिकारीलाई घुस दिएका थिए ।

    सन् २०१८ को मे र अगस्टबीच बिचौलियामार्फत करिब २.५ मिलियन डलर भुक्तान गरिएको थियो, जसको एक हिस्सा सम्झौतामा संलग्न नेपाली अधिकारीहरूका लागि थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend