logo

२०८१ मंसिर १९ बुधबार

logo
  • बुधबार, १९ मंसिर २०८१
  • पालिका सभापतिहरुको संरक्षण म गर्छु, कुनै धाक–धम्कीबाट नआत्तिनु : शेखर कोइराला

    पालिका सभापतिहरुको संरक्षण म गर्छु, कुनै धाक–धम्कीबाट नआत्तिनु : शेखर कोइराला

    1.2K
    Shares
    पालिका सभापतिहरुको संरक्षण म गर्छु, कुनै धाक–धम्कीबाट नआत्तिनु : शेखर कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पालिका सभापतिहरुको संरक्षण आफूले गर्ने बताएका छन । मंगलबार आयोजना गरेको पालिका सभापतिहरूको सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले सभापतिहरुको संरक्षण आफूले गर्ने बताएका हुन ।

    ‘कुनै किसिमको डर, धाक, धम्कीबाट आत्तिनु भएन । तपाईंहरू निस्फिक्री भएर घर जानुस् । तपाईंहरूको संरक्षण म गर्छु,’ कोइरालाले भने ।

    कोइराला पक्षले विराटनगरमा भेला राखेपछि पार्टी केन्द्रले भने आधिकारिक कार्यक्रम नभएको भनेर पत्राचार गरेको थियो । केन्द्रले मंसिर २२ गते कोशीको प्रदेश सम्मेलनअघि पार्टीको औपचारिक कार्यक्रम नभएको सूचना कोशीका पालिका सभापतिलाई हिजो जारी गरेको थियो । यद्यपि, कोइराला पक्षले भेला राखेको छ ।

    केन्द्रको निर्देशनविपरीत कांग्रेसको संस्थापनइतर अर्थात डा. कोइराला पक्षधरले भेला राखेपछि कांग्रेसको विवाद छताछुल्ल भएको छ । पार्टी केन्द्रले औपचारिक रुपमा जानकारी गराएपछि शेखर पक्षले बोलाएको भेलामा उपस्थित हुने नहुनेमा पालिका सभापतिहरू अन्योलमा परेका थिए ।

    कोशीका १३७ पालिकाबाट ११३ पालिका सभापति भेलामा सहभागी भएको दाबी शेखर पक्षको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend