logo

२०८१ मंसिर २० बिहिबार

logo
  • बिहिबार, २० मंसिर २०८१
  • उपनिर्वाचनको नतिजा निराशाजनक छैन तर समिक्षा गर्छौं : ईश्वर पोखरेल

    उपनिर्वाचनको नतिजा निराशाजनक छैन तर समिक्षा गर्छौं : ईश्वर पोखरेल

    294
    Shares
    उपनिर्वाचनको नतिजा निराशाजनक छैन तर समिक्षा गर्छौं : ईश्वर पोखरेल

    काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तह उपनिर्वाचनको समिक्षा गर्ने बताएका छन् ।

    वरिष्ठ उपाध्यक्ष पोखरेलले उपनिर्वाचनको समग्र प्रतिवेदन आएपछि पार्टीका तर्फबाट भएका कमी, कमजोरीबारे समिक्षा गर्ने बताएका हुन् । उनले २०७९ सालको निर्वाचनमा पराजित भएका केही ठाउँमा समेत नेकपा एमाले विजयी भएको बताए । उनले स्थानीय तहको निर्वाचनलाई लिएर निराश हुनुपर्ने कारण नरहेको बताए ।

    आफ्नो पकड क्षेत्र भएका ठाउँमा पनि मत घटेकोप्रति समीक्षा गर्ने बताए । उनले काठमाडौंको कीर्तिपुर नगरपालिकाको परिणाम आफ्नो पक्षमा नरहेपनि गत निर्वाचनको भन्दा प्रगति भएको दाबी गरे । उनले अहिले पुराना राजनीतिक दलहरु आउटडेटेड भए भन्ने भाष्य खडा गरिएपनि जनमतबाट पुष्टि हुन नसकेको बताए ।

    जनताले अहिले पनि पुराना राजनीतिक दलहरुमा आशा र विश्वास कायमै राखेको उनको दाबी छ । उनले राष्ट्रिय राजनीतिमा पुराना दलहरुको भुमिका कमजोर भन्ने कुरालाई जनताले अस्वीकार गरेको बताए ।

    उनले भने, ‘उपनिर्वाचनको परिणाम निराशाजनक छैन । उपनिर्वाचनमा हामीले गत निर्वाचनमा पराजित भएका ठाउँहरुमा पनि जितेका छौं । अरु पार्टीहरुले लामो समयदेखि जित्दै आएका ठाउँहरुमा पनि जितेका छौं । केही हामी आफ्नो पकड भएको क्षेत्रमा पराजित भएको अवस्था पनि छ । तर उपनिर्वाचनको समग्र रिपोर्ट आइसकेपछि हामी समिक्षा पनि गरौंला कहाँ के कमजोरी भयो ? हामीले आफ्नो शक्ति विन्यास गर्ने कुरामा कतै तलमाथि भयो कि त्यो बुझौंला ।

    तर त्यस्तो निराशाजनक कुरा होइन । कीर्तिपुरमा २०७९को निर्वाचनबाट आएको परिणामा पनि थाहा छदैछ । त्यसबेला डल्लै गठबन्धन पनि थिएन र पनि हामीले जित्न सकेका थिएनौं । हामीले उक्त निर्वाचनभन्दा अहिले प्रगति गरेका छौं । तर, पनि परिणाम हाम्रो पक्षमा रहेन । त्यहाँ हाम्रा केही कमजोरी भएका हुनसक्छन् । हामीले पुनरावलोकन पनि गर्नुपर्ने हुन्छ । यता काठमाडौं महानगरको १६ नम्बरको पनि अवस्था त्यही हो । महत्वपूर्ण वडा हो तर त्यहाँ हामीले जित्न सकेनौं । त्यसमा भएका कमी,कमजोरीलाई हामी हेर्छौं र कसरी सम्हालिनुपर्छ त्यसैगरी अगाडि बढ्छौं । अहिले एउटा भाष्य खडा गरिँदैछ पुराना दल आउटडेटेड भए । त्यो जनताको मतबाट पुष्टि भएन । कायम छन् भन्यो ।’

    उपनिर्वाचनबाट एमालेले निर्वाचनसँग गाँसिएका कुराहरुमा थप व्यवस्थित ढंगको व्यवस्थापन गर्नुपर्छ भन्ने पाठ सिकेको र त्यही आधारमा अघि बढ्ने उनको भनाइ छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend