logo

२०८१ पुष ११ बिहिबार

logo
  • बिहिबार, ११ पुष २०८१
  • केन्द्रिय कमिटि बैठकमा बादलको सम्बोधन:प्रचण्ड र माधव नेपाल प्रतिगमनकारी र अवसरवादी

    केन्द्रिय कमिटि बैठकमा बादलको सम्बोधन:प्रचण्ड र माधव नेपाल प्रतिगमनकारी र अवसरवादी

    2K
    Shares

    पुष ९ काठमाडौँ नेकपा  नेता तथा गृहमन्त्री राम बहादुर  थापा बादलले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल प्रतिगमनकारी र अवसरवादीको संज्ञा दिएका छन्।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रधानमन्त्री केपी ओली समूहको केन्द्रीय समिति बैठकलाई नेता रामबहादुर थापा ‘बादल’ले सम्बोधन गर्दै अर्का अध्यक्ष प्रचण्ड र माधव  कुमार तर्फ  इंगित गर्दै बादलले भने ‘हामी प्रतिगमनकारी र अवसरवादीहरूलाई आँधीबेहरी र तुफान बनेर पराजित गर्दै देशको सही ढंगले नेतृत्व गर्ने छौं’।

    नेता बादलले प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएकोसमेत बताएका छन्। उनले चुनावमा गएर फुटवादी र प्रतिगमनकारीलाई पराजित गर्नुपर्नेमा जोड दिए। ‘प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको छ’, बादलले भने, ‘चुनावमा गएर फुटवादी, अवसरवादी र प्रतिगमनकारीलाई परास्त गर्नुपर्छ।’ 

    बादलले प्रचण्ड र नेपाल समूहको ध्यान क्रान्तिका उपलब्धिहरु उल्ट्याउन केन्द्रित भएको अरोपसमेत लगाएका छन्। उनले उनीहरुको दुश्मनको जालमा परेकोसमेत बताएका छन्। 

    उनले पार्टीको राष्ट्रवादी नेतृत्वले चालेका कदमलाई दृढतापूर्वक अगाडि बढाउने विश्वासमेत व्यक्त गरेका छन्। ‘उहाँहरूको ध्यान क्रान्तिका उपलब्धिलाई उल्ट्याउन केन्द्रित छ। उहाँहरू दुश्मनको जालमा पर्नुभएको छ’, बादलले भनेका छन्, ‘पार्टीको राष्ट्रवादी नेतृत्वले चालेका कदमहरूलाई पार्टीले दृढतापूर्वक अघि बढाउने छ।उनले कम्युनिस्ट आन्दोलनको एकता र मुलुकको स्थायित्वका लागि भूमिका निर्वाह गरिरहेको नेतृत्वलाई साथ दिन बैठकमा उपस्थित भएको उल्लेख गरे। 

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend