काठमाडौं – संघीय संसद्को राष्ट्रिय सभा बैठक बोलाउन सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको छ।
प्रधानमन्त्री केपी ओलीले हिजो (शुक्रबार) मन्त्रिपरिषद विस्तार गरेपछि बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभा बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो।
प्रतिनिधिसभा विघटन र निर्वाचनको घोषणा भएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद विस्तार गरेका हुन्। विस्तार संगै टोपबहादुर रायमाझीले ऊर्जा, मणि थापाले खानेपानी तथा सरसफाइ, प्रभु साहले सहरी विकास, गौरीशंकर चौधरीले श्रम तथा दावा लामाले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन्।