काठमाडौं – संसद विघठनविरुद्ध नेपाली कांग्रेसले १३ गते सोमबार देशभर विरोध प्रदर्शन गर्ने भएको छ। पार्टी सभापति शेर बहादुर देउवाले एक विज्ञप्ति जारी गर्दै उक्त विरोध प्रदर्शनमा सहभागी हुन नागरिकलाई अपिल गरेका छन्।
विज्ञप्तिमा संसद विघठनविरुद्ध कांग्रेसले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने बताइएको छ।