logo

२०८१ माघ १७ बिहिबार

logo
  • बिहिबार, १७ माघ २०८१
  • विविधतापूर्ण संस्कृति र प्रकृति नेपालको पहिचान : पर्यटनमन्त्री पाण्डे

    विविधतापूर्ण संस्कृति र प्रकृति नेपालको पहिचान : पर्यटनमन्त्री पाण्डे

    434
    Shares
    विविधतापूर्ण संस्कृति र प्रकृति नेपालको पहिचान : पर्यटनमन्त्री पाण्डे

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विविधतापूर्ण संस्कृति र प्रकृति नेपालको पहिचान भएको बताएका छन् ।

    भीष्म बाँस्तोलाद्वारा लिखित नेपाल मण्डल पुस्तकको शुक्रवार ललतिपुरमा विमोचन गर्दै पर्यटनमन्त्री पाण्डेले यस्तो बताएका हुन् । उनले विविधतापूर्ण संस्कृति र प्रकृति मुलुकको पहिचान भएको भन्दै त्यसलाई सरकारले विश्व माझ पुर्याउन सक्नु पर्ने बताए ।

    उनले विश्वमा मुलुकको विविधतापूर्ण संस्कृति र प्रकृतिलाई चिनाउनसक्दा मात्रै विश्वमा पर्यटकहरु नेपालमा आउने वातावरण बन्ने बताए । उनले विश्वका मानिसहरु नेपालको संस्कृति र प्रकृति हेर्नको लागि एक पटक आउनुपर्ने बनाउन सबै लाग्नुपर्ने आवश्यकता रहेको बताए । उनले प्राकृतिक दृष्टिकोणले पनि विशिष्ट उपहार पाएको मुलुक भएको बताए ।

    उनले नेपालमा ६० मिटर होचो केचनकवलदेखि ८ हजार ८४८ मिटर उचाईमा भएको सगरमाथा रहेको बताए । उनले हिमाल, पहाड,तराई र जल, जंगल, जडिबुटी लगायत विविध प्राकृतिक उपहारले सम्पन्न मुलुकलाई विश्वमा प्रचार गरी पर्यटन विकास गर्न सक्नुपर्नेमा जोड दिए ।

    उनले विश्वका मानिसहरु खुला संग्राहलयभित्र आइरहनुपर्ने वातावरण बनाउनसके नेपालको पर्यटन क्षेत्र विकास हुँदै मुलुकको जीडिपीमा ठूलो योगदान पुग्ने बताए । उनले त्यसबाट मुलुकभित्रै रोजगारी सिर्जना गर्न सकिने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend