logo

२०८१ पुष ११ बिहिबार

logo
  • बिहिबार, ११ पुष २०८१
  • प्रदेश १ को हिउँदे अधिवेशन माघ ७ मा बोलाइयो

    प्रदेश १ को हिउँदे अधिवेशन माघ ७ मा बोलाइयो

    2.2K
    Shares

    काठमाडौं – प्रदेश नंं १ का  प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशनको बैठक आगामी माघ ७ गते अपराह्न २ बजे बस्ने गरी आह्वान गरेका छन्। 

    प्रदेश प्रमुख अधिकारीले  नेपालको संविधानको धारा  १८३ को उपधारा (१) बमोजिम बैठक आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
     
    प्रदेशसभाको छैटौँ तथा बजेट अधिवेशन गत साउन ९ गते अन्त्य भएको थियो । यसअघि प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले सो दिनका लागि बैठक बस्न सिफारिश गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीका स्वकीय सचिव रवि खनालले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend