logo

२०८१ पुष ११ बिहिबार

logo
  • बिहिबार, ११ पुष २०८१
  • प्रधानमन्त्रीको चीन भ्रमणमा बिआरआई सम्झौता हुनु सुखद् : झलनाथ खनाल

    प्रधानमन्त्रीको चीन भ्रमणमा बिआरआई सम्झौता हुनु सुखद् : झलनाथ खनाल

    721
    Shares
    प्रधानमन्त्रीको चीन भ्रमणमा बिआरआई सम्झौता हुनु सुखद् : झलनाथ खनाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा रोड एण्ड बेल्ड इनिसिएटिभ (बिआरआई) सम्झौता गरेकोमा खुशी प्रकट गरेका छन् ।

    चीन भ्रमण सेकर शनिबार स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री खनालले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

    उनले नेपालको तयारी नपुगेपनि अन्तिममा बिआरआई परियोजनामा सम्झौता गर्नु सुखद् पक्ष भएको उल्लेख गरे । बिआरआई सम्झौता गर्नु नै थियो भने छिमेकी देशसँग यत्रो नाटक किन गर्नुपरेको ? भन्दै प्रश्नसमेत गरे ।

    पूर्वप्रधानमन्त्री खनालले छिमेकी देशहरुसँग राम्रो सम्बन्ध बनाउन नसक्नेले कसरी विश्वसँगको सम्बन्ध राम्रो बनाउँछ भन्ने उनको प्रश्न छ । सम्मानित नेता खनालले प्रधानमन्त्रीको चीन भ्रमणमा आन्तरिक गृहकार्य नपुगेको महशुस आफूले गरेको बताए ।

    सम्मानित नेता खनालले नेपाल सरकारले अविलम्व पारवहन सुविधा साकार बनाउन तत्काल अध्ययन जरुरी रहेको बताए । भारतबाट ४ पटक नाकाबन्दी भोगिसकेको भन्दै पारवहन खुला हुने स्थिति बनेको खण्डमा कहिल्यै पनि नाकाबन्दी भोग्नु नपर्ने उल्लेख गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend