logo

२०८१ पुष ११ बिहिबार

logo
  • बिहिबार, ११ पुष २०८१
  • बुझ्दै नबुझी बिआरआई सम्झौताबारे टिप्पणी नगरौँ : परराष्ट्रमन्त्री राणा

    बुझ्दै नबुझी बिआरआई सम्झौताबारे टिप्पणी नगरौँ : परराष्ट्रमन्त्री राणा

    637
    Shares
    बुझ्दै नबुझी बिआरआई सम्झौताबारे टिप्पणी नगरौँ : परराष्ट्रमन्त्री राणा

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बिआरआई सम्झौताबारे भइरहेको आलोचनालाई बचपना टिप्पणीको संज्ञा दिएकी छन् ।

    इन्टरनेसनल कोर्ट अफ जस्टिस (आइसिजे) को जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा भाग लिन हेग प्रस्थान गर्ने क्रममा परराष्ट्रमन्त्री राणाले यस्तो टिप्पणी गरेकी हुन् । उनले सम्झौतामा ऋण लिने वा दिनेबारे कुनै निर्णय नभएको जिकिर गर्दै सम्झौताबारे बुझ्दै नबुझि टिप्पणी गरेको बताइन् ।

    उनले ऋण लिने–दिने व्यवहार लिने पक्षको मञ्जुरी र आग्रहमा हुने भएकाले ऋण सम्झौता हस्ताक्षर गरियो भन्नु बचपना भएको आरोप लगाइन् ।

    नेपालले चीनसँग बिआरआई बाहेक अन्य कुनै सम्झौतमा हस्ताक्षर नगरेको पनि स्पष्ट पारिन् । चीनले अघि सारेका डेभलपमेण्ट इनिसिएटिभ्स बारेमात्रै नेपालको चासो भएको बताइन् । बिआरआई सम्झौता आफैँ विकास सहायता भएको उनले बताइन् । उनले नेपालले चीनको ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ्समा मात्र सहभागी भएको बताइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend