logo

२०८१ पुष १० बुधबार

logo
  • बुधबार, १० पुष २०८१
  • सुदूरपश्चिमका क्रिकेट खेलाडी दीपक र अनुलाई मासिक तलब दिइने

    सुदूरपश्चिमका क्रिकेट खेलाडी दीपक र अनुलाई मासिक तलब दिइने

    567
    Shares
    सुदूरपश्चिमका क्रिकेट खेलाडी दीपक र अनुलाई मासिक तलब दिइने

    बैतडी । सुदूरपश्चिम प्रदेशका थप दुई खेलाडीले मासिक रूपमा तलब पाउने भएका छन् । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले प्रदेशबाट नियमित रूपमा राष्ट्रिय प्रतियोगिता खेलिरहेका एक महिला र एक पुरुष खेलाडीलाई मासिक १५ हजार रुपैयाँका दरले प्रोत्साहन रकम दिने भएको हो ।

    मासिक रूपमा प्रोत्साहन रकम पाउनेमा बैतडीका दीपक बोहरा र बझाङकी अनु कडायत रहेकी सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले जानकारी दिए ।

    एमबी ग्रुप डडेल्धुराको प्रायोजनमा दुवै खेलाडीले मासिक रूपमा प्रोत्साहन रकम पाउनेछन् । यही मङ्सिर १ गतेदेखि लागू हुनेगरी दुवै खेलाडीलाई मासिक रूपमा प्रोत्साहन रकम दिनेगरी प्रायोजन सम्झौता भएको उनले बताए ।

    सम्झौता भएसँगै एमबी ग्रुपले एक वर्षसम्म दीपक र अनुलाई मासिक रूपमा १५ हजार रुपैयाँका दरले प्रोत्साहन रकम प्रदान गर्नेछ । दीपक र अनुले सुदूरपश्चिमबाट थुप्रै राष्ट्रिय प्रतियोगिता खेल्नुका साथै उमेर समूहका अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि नेपाली राष्ट्रिय टोलीबाट खेलीसकेका छन् ।

    “प्रादेशिक क्रिकेट सङ्घले निकट भविष्यमा अन्य खेलाडीलाई पनि प्रोत्साहन भत्ता दिने तयारी गरेको छ”, अध्यक्ष जोशीले भने । यसअघि नेपाल क्रिकेट सङ्घ (क्यान)बाट मासिक रूपमा सुदूरपश्चिम प्रदेशका पाँच खेलाडी प्रोत्साहन रकम पाउन छनोट भएका थिए ।

    सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले तीन पुरुष र दुई महिला खेलाडीलाई छनोट गरेको हो । छनोट हुने पुरुष खेलाडीमा खडक बोहरा, किरन ठगुन्ना र शेर मल्ल तथा महिला खेलाडीमा सावित्री धामी र स्नेहा महरा रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend