पुस १२ काठमाडाैँ, राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपतिले पुस १७ गते शुक्रबार दिउँसाे ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् ।
राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरेकी हुन् । गत शुक्रबार बसेको मन्त्रिरपरिषद बैठकले अधिवेशन आह्वानको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
गएकाे असार १८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रपरिषद् बैठकको सिफारिसमा अधिवेशन अन्त्य गरेकी थिइन् ।