logo

२०८१ पुष १० बुधबार

logo
  • बुधबार, १० पुष २०८१
  • बंगलादेशको व्यापार घाटा १२ प्रतिशत घट्यो

    बंगलादेशको व्यापार घाटा १२ प्रतिशत घट्यो

    539
    Shares
    बंगलादेशको व्यापार घाटा १२ प्रतिशत घट्यो

    ढाका, सिन्ह्वा । बङ्गलादेशको व्यापार घाटा चालू आर्थिक वर्ष सन् २०२४–२५ को पहिलो चार महिना (जुलाई सन् २०२४–जुन २०२५) मा वार्षिक रूपमा झण्डै १२ प्रतिशतले घटेर छ अर्ब ६६ करोड अमेरिकी डलर पुगेको छ ।

    बङ्गलादेश केन्द्रीय बैङ्कको तथ्याङ्कले जुलाई–अक्टोबरको अवधिमा देशको आयात भुक्तानी एक प्रतिशतले बढेर २० अर्ब ९५ करोड अमेरिकी डलर रहेको देखाएको छ भने निर्यातबाट हुने आम्दानी सोही अवधिको तुलनामा ८ दशमलव ३ प्रतिशतले बढेर १४ अर्ब ३० करोड डलर रहेको छ ।

    बङ्गलादेश बैङ्कको तथ्याङ्कले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा (जुलाई २०२३–२०२४) निर्यात आम्दानी र आयात भुक्तानीबीचको अन्तर ७ अर्ब ५४ करोड डलर रहेको देखाएको छ ।

    लाखौं बङ्गलादेशीहरू र विदेशमा काम गर्नेहरूको बलियो रेमिट्यान्सले व्यापारमा आएको गिरावटको प्रभावलाई कम गर्न मद्दत गरेको बंगलादेश बैङ्कका अधिकारीहरूले जनाएको छ ।

    यस वर्षको जुलाई–अक्टोबर अवधिमा बङ्गलादेशको रेमिट्यान्स कुल करिब ९ अर्ब डलर पुगेको केन्द्रीय बैङ्कको तथ्याङ्कले देखाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend