काठमाडौं- संसद विघठनविरुद्ध नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्दैछ। सरकारले संविधानको भावनाविपरित र जनमतको अपमान गर्दै संसद विघठन गरेको भन्दै कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको हो।
विभिन्न स्थानका भेलालाई सम्बोधन गर्न कांग्रेसले विभिन्न नेताहरुलाई जिम्मेवारी तोकेको छ।
जसअनुसार सभापति शेरबहादुर देउवाले भक्तपुरको मध्यपुर ठिमी, वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ, नेता प्रकाशमान सिंहले नयाँ वानेश्वर, प्रवक्ता विश्वप्रकाश शर्माले कोटेश्वरको सभालाई सम्बोधन गर्नेछन्।
त्यस्तै युवा नेता गगन थापाले नेपालगंजको कार्यक्रमलाई सम्बोधन गर्ने कांग्रेसले जनाएको छ।