काठमाडौं – संसद विघठनविरुद्ध नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गरेको छ।
संसद भंग गर्ने सरकारको कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको भन्दै कांग्रेसले देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको हो ।
विभिन्न स्थानका भेलालाई सम्बोधन गर्न कांग्रेसले विभिन्न नेताहरुलाई जिम्मेवारी तोकेको छ।
जसअनुसार सभापति शेरबहादुर देउवाले भक्तपुरको मध्यपुर ठिमी, वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ, नेता प्रकाशमान सिंहले नयाँ वानेश्वर, प्रवक्ता विश्वप्रकाश शर्माले कोटेश्वरको सभालाई सम्बोधन गर्नेछन्।