logo

२०८१ पुष ११ बिहिबार

logo
  • बिहिबार, ११ पुष २०८१
  • जसपा अध्यक्ष भट्टराई र चीनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ यैचोबीच भेट 

    जसपा अध्यक्ष भट्टराई र चीनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ यैचोबीच भेट 

    1.9K
    Shares

    १३ पुस, काठमाडौँ जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग आज चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ यैचो लगायत उहाँको टोलीले भेट गरेको छ । आज साँझ ६ बजे अध्यक्ष भट्टराई निवास टोखामा भएको भेटमा उपमन्त्री गुओ यैचोले सन् २०१५ मा तिब्बत जाने क्रममा चेङ्दुमा भएको भेटको स्मरण गर्दै पुनः भेट्न पाउँदा खुशी व्यक्त गरे ।

    उपमन्त्री गुओ यैचोले आफूहरु २०२१ मा चीनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको एक सय वर्ष पुग्ने सन्दर्भमा नेपाल आएको बताए । यो सन्दर्भमा चीनियाँ कम्युनिष्ट पार्टी र नेपालका प्रमुख पार्टीहरुबीच आपसी सम्बन्ध र नेपाल-चीन सम्बन्ध अझ राम्रो र सुमधुर बनाउन आफूहरु नेपाल आएको उल्लेख गर्दै  हल्ला भएको जस्तो नेपालको आन्तरिक मामिलाको विषयमा बहस छलफल गर्न नेपाल नआएको पनि स्पष्ट पारे ।

    भेटमा उनले  अध्यक्ष भट्टराईसँग नेपाल-चीनको आर्थिक विषयबस्तुमा छलफल गर्दा आफूलाई राम्रो अनुभुति भएको बताए।यस अघि चीनियाँ कम्युनिस्ट पार्टीको टोलीले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष  प्रचण्ड सहित  राष्ट्रपति विद्यादेवीसंग  छुट्टाछुट्टै भेट गरिसकेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend